समाचार

बैंकहरुले दिने सेवामा लाग्ने शुल्कबारे स्पष्ट हुुनुपर्छ

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कुनकुन सेवा लिँदा शुल्क लाग्छ वा कुनकुन सेवामा शुल्क लाग्दैन यो कुरा बैंकिङ कारोबार गर्ने सबैलाई थाहा हुन जरुरी छ । 

राष्ट्र बैंकले बैंकहरुले दिने सेवामा लिने शुल्कबारे सीमा तोकिदिएको छ । बैंंकहरुले सेवा शुल्कमा हेरफेर गरेमा ग्राहकलाई अनिवार्य जानकारी गराउनु पर्छ ।

बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, चेकको स्टक पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाउँदैनन् । तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटकभन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन सक्छन् । 

यसबाहेक ग्राहकको निष्क्रिय खाता सक्रिय बनाउँदा, नेपाली मुद्रामा विद्युतीय कार्डहरु जारी गर्दा शुरुमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइने छैन । 

यी बाहेकका अवस्थामा ग्राहकसँग शुल्क लिनुपरेमा पूर्व जानकारी गराउनुपर्छ । अन्यथा शुल्क लिन पाईंदैन । ग्राहकसँग वित्तीय सेवाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नपूर्व शुल्क, व्याजदर र शर्तहरु परिवर्तन हुँदा अनिवार्य जानकारी गराउनुपर्ने हुन्छ । 

कर्जा प्रवाह गर्दा सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क तथा प्रतिबद्धता शुल्क बाहेक लिन पाइदैन । कर्जा स्वीकृति गर्दा अधिकतम शून्य दशमलव सात पाँच प्रतिशत सेवा शुल्क, एक प्रतिशत अग्रिम भुक्तानी शुल्क र एक दशमलव दुई पाँच प्रतिशत प्रतिबद्धता शुल्क लिन पाउने व्यवस्था छ । केही डिजिटल कारोबारमा लाग्ने सेवा शुल्क बैंक तथा वित्तीय संस्था अनुसार फरक हुन सक्छ । तर ती सेवामा लाग्ने शुल्क न्यून रहेको बैंकहरुको भनाइ छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जथाभावी सेवा शुल्क लिन नपाइने गरी व्यवस्था गरेको छ । यदि त्यसरी शुल्क लिएको पाइए केन्द्रीय बैंकले कारबाही गर्नसक्छ । 

Related Tag :

Related Post