समाचार

निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस

निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस

काठमाडौं, असार २ 
निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस भएका छन् ।आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई आयुक्त सिफारिस गरेको हो ।  

निर्वाचन पद्धतिका बारेमा विज्ञता हासिल गरेका उनी २४ वर्षदेखि निरन्तर नेपाल कानुन समाजका कार्यकारी निर्देशक थिए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी नारिक समाजको आन्दोलन र विभिन्न अभियानमा सक्रिय थिए । 

उनी निर्वाचन पर्यवेक्षण गर्ने संस्था जियोक र सविधान निगरानी समूहमा पनि सक्रिय थिए ।उनी राष्ट्रिय न्यायिक प्रतिष्ठानमा पनि आवद्ध छन् ।

 

 

Related Tag :

Related Post