समाचार

निर्वाचनको नतिजा बदरको माग गरेका झलनाथको रिट निवेदन खारेज

निर्वाचनको नतिजा बदरको माग गरेका झलनाथको रिट निवेदन खारेज

काठमाडौं,असार ५ 
निर्वाचनको नतिजा बदर गरिपाऊँ भन्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र डा। मनोजकुमार शर्माको इजलासले फेरि मतदान गराउनुपर्ने खनालको माग अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले इलाम–१ को निर्वाचन परिणामलाई सदर गरेको हो । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेता खनालले धाँधलीयुक्त निर्वाचित गरी आफूलाई पराजित गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

 

 

 

Related Tag :

Related Post