मनोरञ्जन

चलचित्र ‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’ सार्वजनिक

चलचित्र ‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’ सार्वजनिक

काठमाडौं, असार ८ 

शुक्रबार ‘बिन्जुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । कलाकारहरु दयाहाङ राई र मिरुना मगरलगायतको अभिनय रहेको चलचित्र ‘घरज्वाइँ’को लागि उक्त गित सार्वजनिक गरिएको हो ।

संगीतकार एसडी योगीको स्वर र संगीतमा तयार भएको गीतमा राम अविरल बिष्टको शब्द रचना रहेको छ । गीतमा प्रेम रसलाई अभिव्यक्त गरिएको छ भने अभिनेता दया र अभिनेत्री मिरुनाको अभिनयले गीतलाई थप आकार्षक बनाएको छ।

सिनेमा अनिल बुढामगरको निर्देशकनमा तयार भएको हो । जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा यही असार २८ गते रिलिज गर्ने कार्यक्रम रहेको छ । सिनेमाका निर्माता जनक घर्ती मगर हुन् भने कथा निर्देशक अनिलले तयार गरेका हुन् ।

चलचित्र ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका साथै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन खबपु, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरलगायतको अभिनय छ ।

सिनेमाको सम्पादन कृष्ण भन्डारीको रहेको छ भने यसको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल रहेको छ । सिनेमाको विदेश प्रदर्शनको अधिकार एमएसएम अष्ट्रेलियाले लिएको छ भने देशभित्रको वितरक आरआर फिल्म्स रहेको छ ।

Related Tag :

Related Post