खेलकुद

क्रिकेटर सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्र सिं ऐरीले क्यानडामा हुने फ्रेन्चाइज क्रिकेट खेल्ने

क्रिकेटर सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्र सिं ऐरीले क्यानडामा हुने फ्रेन्चाइज क्रिकेट खेल्ने

काठमाडौं, ०८ असार २०८१

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीहरु सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्र सिं ऐरीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् । 

क्यानडाको ‘ग्लोबल टी–२० लिग’ मा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी भ्यानकुभर नाइट्समा छन् भने नेपाली टोलीका कप्तान रोहित टोरन्टो नेशल्समा आबद्ध भएका छन् । 

यसअघि सन्दीप र दीपेन्द्रले क्यानेडाको ‘ग्लोबल टी–२० लिग’ खेलिसकेका छन्  भने रोहितका लागि यो पहिलो अवसर हो। 

यो सिजनको ‘ग्लोबल टी–२० लिग’ आगामी जुलाई २५ तारिखदेखि सुरु हुनेछ ।

Related Tag :

Related Post