समाचार

अन्तशुल्क स्टिकर खरिदमा मुख्यसचिव बैकुण्ठ अर्याललगायत १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अन्तशुल्क स्टिकर खरिदमा मुख्यसचिव बैकुण्ठ अर्याललगायत १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ९ असार, २०८१

मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद गर्ने निर्णयलाई लिएर अर्याललगायत विरुद्ध विशेष अदालतमा आज मुद्दा दायर र्भको हो।

मुख्य सचिव अर्यालसहित हाल अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, हाल भन्सार विभागका उपनिर्देशक टंक पाण्डे, आन्तरिक राजश्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाह, आन्तरिक राजस्व विभागका शाखा अधिकृत रविन्द्रप्रसाद पौडेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन शाखा अधिकृत हरिबल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्रका लेखा अधिकृत विष्णुप्रसाद गौतम, सुरक्षण मुद्रण केन्द्रका खरिद परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रा.लि. र त्यसका निर्देशक एवं सञ्चालक केशव शर्मा समेतलाई अख्तियारले प्रतिवादी बनाएको छ ।

अख्तियारले प्रतिवादीहरुलाई जनही बिगो ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैया कायम गरिएको छ ।

मुख्यसचिब अर्याल अर्को टेरामक्स प्रकरणमा पनि मुद्दा दायर गर्ने तयारी अख्तियारले गरिरहेको बुझिएको छ ।

अख्तियारले मुद्दा दायर गरेसँगै मुख्यसचिब अर्यालका अतिरिक्त सार्वजनिक सेवामा रहेका सबैजना निलम्बनमा परेका छन् ।

Related Tag :

Related Post