मनोरञ्जन

आगामी अक्टोबरमा भर्जिनियामा दशैं तिहार फेस्टिवल २०२४ हुने

आगामी अक्टोबरमा भर्जिनियामा दशैं तिहार फेस्टिवल २०२४ हुने

DTFEST 2023 को अपार सफलता पछि नेपालीहरूको महान पर्व दशैं तिहार २०२४ (DTFEST 2024)  हुने भएको छ । 3E Entertainment द्वारा  हुन लागेको उक्त फेस्टिबल ५ अक्टोबर २०२४ मा  प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, (10624) डुम्फ्रिज रोड, मनासस, (VA20212) मा हुदैँछ ।  
 

नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलालाई संरक्षण र प्रवर्धन गर्ने उदेश्यले   हुन लागेको हो। नेपाली संस्कृति झल्काउने संगीतिक नेपाली समुदायको सबैभन्दा ठूलो महोत्सव हुने  आयोजकको भनाइ छ।वाशिङ्टन डीसी मेट्रो क्षेत्रमा नेपाली समुदाय भित्र व्यावसायिक घटनाहरू व्यवस्थापनमा दुई दशक भन्दा बढीको अनुभवसहित, यस तेस्रो संस्करणलाइ अझ सफल पार्न  प्रतिबद्ध रहेको आयोजक रोशन पुरी बताउँछन्। 

 यस फेस्टिबलमा सहभागीहरूले रोमाञ्चक गतिविधिहरू, प्रदर्शनी, चर्चित कलाकारहरुको वेजोड प्रस्तुति साथै  र आकर्षणहरूको आनन्द लिन सक्नेछन। यस्तै विभिन्न प्रदर्शन र प्रत्यक्ष प्रदर्शनहरू मार्फत नेपालको समृद्ध कलात्मक सम्पदा अवलोकन गर्दै स्वादिष्ट खाना र पेय पदार्थहरू विभिन्न विक्रेताहरूबाट परम्परागत नेपाली भोजनको स्वाद लिन सकिनेछ। 

कार्यक्रमको बिषयमा थप जानकारीका लागि आधिकारिक वेबसाइट WWW.dtfest.com मा हेर्न सकिने छ

Related Tag :

Related Post