अर्थ / वाणिज्य

कीर्तिपुर स्थीत दर्शन साकोसले बचत फिर्ता गर्न सुरु गर्यो, पछिल्लो समय ७ करोड ५१ लाखबढी बचत फिर्ता

कीर्तिपुर स्थीत दर्शन साकोसले बचत फिर्ता गर्न सुरु गर्यो, पछिल्लो समय ७ करोड ५१ लाखबढी बचत फिर्ता

काठमाडौं असार १४ । पछिल्लो समय देशैभरका सहकारी संस्थाहरुमा आर्थिक समस्या बढ्दो अबस्थामा रहदा संघीय राजधानी काठमाडौंको कीर्तिपुर स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्थाले बचतफिर्ता सुरु गरेको छ । सहकारीले पछिल्लो अवधि २०८० साउन १ गतेदेखि हालको मितिसम्म कर्जाको धितोबाट प्राप्त जग्गा र शेयरसदस्यहरुबीच समन्वयगरि ७ करोड ५१ लाख ८५ हजार ९ सय ५० रुपैयाँ बचत फिर्ता गरेको हो । दर्शन साकोसले जारी गरेको बचत फिर्ताको कार्ययोजनामा सो रकम कस्लाई फिर्ता गरियो भन्ने विवरणपनि सार्वजनिक गरेको छ । करिब एक महिनादेखि सहकारी संस्थाको कार्यालयमा बचत फिर्ताको माग गर्दै शेयर सदस्यहरुले हडताल गरिरहेका छन् ।

कार्यालयमा जारी हडतालकाबीच संस्थाले सबै बचतफिर्तागरि सुन्यमा झार्ने कार्ययोजना सार्वजनिक गरेको छ । सो कार्ययोजना अन्तरगर्त यहि असार मसान्तबाट थप बचतकर्ताको रकम फिर्ता गर्ने योजना सार्वजनिक गरेको हो । संस्थाले पहिलो चरणमा दुई किस्तामा बचतफिर्ता गर्ने भएको छ । सहकारीले शुक्रबार बागमती प्रदेश सहकारी विभागमा बचतफिर्ताकालागि शेयर सदस्यहरुको विवरण सहित कार्ययोजना पेस गरेको छ ।


सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले सञ्चालक समितिको चलअचल सम्पत्ती विक्रि गर्ने र कर्जा फिर्ताबाट प्राप्त हुने रकमले बचत फिर्ता गर्ने बताएका छन्।

दर्शन साकोसमा पछिल्लो समय दुई अर्ब बढी निक्षेपको दायित्व रहेको भन्ने छ, कसरी फिर्ता गर्नुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष दर्शनधारीले भने, बचतकर्तालाई फिर्ता गर्ने दायित्वभन्दा चार गुणा सम्पत्तीको विवरण सार्वजनिक गरिएकाले सबै बचतकर्ताको रकम फिर्ता हुने दावी गरे । उनले भने, सायद दर्शन साकोस पहिलो सहकारी संस्था होला जसले यस्तो विषम परिस्थीतिमा सम्पुर्ण बचतकर्ताको रकम फिर्ताकालागि सम्बन्धीत निकायमा कार्ययोजना सहित विवरण पेस गरेको छ । यसमा कति पय बचतकर्ताको गोपनीयतामाथि प्रश्न उठ्न सक्ने अबस्था हुदापनि हामी बाध्यभएका छौं निर्णय गर्ने, सबै बचतकर्ताको बचत रकम सार्वजनिक गर्नुपर्ने अबस्था सृजना भयो । 

पछिल्लो समय संस्थामा बचत फिर्ताको माग बढ्दै जादा रकम फिर्ताको योजना पेस गरेको उनको भनाई छ । उनले भने, अहिले संस्थामा बचतकर्ताहरुको आन्दोलन जारी छ, यस्तो अबस्थामा सहकारीले कार्यालय सञ्चालन गर्न सक्ने अबस्था छैन्, तर पनि हामी निरन्तर शेयर सदस्यको बचत फिर्ताकालागि काम गरिरहेका छौं पटक पटक छलफल पनि ।
बागमती प्रदेश सरकारका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्य, बचतकर्ता र सहकारी सञ्चालकबीच अघिल्लो महिना भएको त्रिपक्षीय छलफलबाट बचत फिर्ताकालागि कार्ययोजना बनाउने सहमति भएको थियो । सोहि सहमति अनुसार बचत फिर्ताको विवरण तयार गरि विभागमा बुझाईको हो, अध्यक्ष दर्शनधारीले भने ।


दर्शन साकोसले पहिलो चरणमा रु।१ सयदेखि ५ हजारसम्मको बचतफिर्ताको कार्य योजना बनाएको छ, जुन दुई किस्तामा फिर्ता हुने छ, त्यसकालागि यहि बर्षको असार मसान्तबाट वितरण सुरु हुनेछ । संस्थाले असार मसान्त र भदौं मसान्तगरि दुई किस्तामा ४५ लाख ३१ हजार ७ सय ६६ रुपैयाँ बचत फिर्ता गर्ने कार्ययोजना बनाएको छ । पहिलो चरणमा २५ सय १२ जनाको बचत फिर्ता गर्ने भएको हो ।

यो रकम सहकारीका संचालकहरुले उपयोग गरिरहेका सवारी साधन विक्रिबाट संकलन हुने रकमबाट बचत फिर्ता हुने सहकारीका सिइओ सुवर्ण महर्जनले बताए । संस्थाका सञ्चालकहरुले उपयोग गर्दै आइरहेका तीन वटा सवारी साधन विक्रिबाट प्राप्त हुने रकमलाई दुई किस्तामा ५० प्रतिशतका दरले विवरण गरिने भन्दै विवरण सार्वजनिक गरेको छ ।
त्यस्तै, दोस्रो चरणको बचत फिर्ताकालागि संस्थाले २०८१ असोज ३० गतेबाट २०८२ साउन मसान्तको भाका राखेको छ । जसमा ५ हजार देखि ५० हजारसम्मको बचत ६ किस्तामा फिर्ता गर्ने योजना छ । जसमा कुल ४ करोड ११ लाख ३७ हजार २ सय ६१ रुपैयाँ फिर्ता हुने छ । यो रकम धादिङ्गको जिवपुरमा रहेको ११।६८ रोपनी जमिन विक्रिबाट बचतफिर्ता गर्ने योजना सार्वजनिक गरेको छ । संस्थाका सल्लाहकार नजराम महर्जनको नाममा रहेको जग्गा विक्रीबाट रकम फिर्ता गर्ने योजना सार्वजनिक गरेको हो । दोस्रो चरणमा १९ सय ९१ जनाको बचत फिर्ता गर्नेगरि नामसहित उल्लेख गरिएको छ ।

त्यस्तै, तेस्रो चरणमा दर्शन साकोसको कीर्तिपुर नगाउँ स्थीत कार्यालयको भवनलाई विक्रिगरि बचतकर्ताको रकम फिर्ता गर्ने योजना अघि सारेको छ । त्यसमा ५० हजारदेखि ५ लाखसम्मको बचत रकम फिर्ता हुने सिइओ महर्जनले बताए । १० आना क्षेत्रफलमा बनेको भवनको १२ करोड मूल्य राखिएको छ । त्यसमा संस्थाको भवन बैंकमा राखि ३।५ करोड ऋण लिएको विवरणमा उल्लेख छ । तेस्रो पटकमा ११ सय २ जना बचतकर्ताको रकम फिर्ता हुने कार्यतालिकामा उल्लेख छ । चौथो, चरणमा कीर्तिपुरको धल्पा ९ मा रहेको ४ आना २ पैसामा बनेको भवन ६ करोडमा विक्रि गर्ने र सो रकमपनि बचतकर्तालाई फिर्ता गर्ने योजना सार्वजनिक गरेको छ । सो भवनमा २।७५ करोड ऋण रहेको विवरणमा उल्लेख छ । यसरी सो भवन विक्रिबाट २ सय १२ जना बचतकर्ताको रकम फिर्ता हुने सिइओ महर्जनले बताए । विवरणमा कस्को कति रकम फिर्ता गर्ने भन्ने समेत प्रष्ट उल्लेख गरिएको छ ।

यसैबीच, सहकारी संस्थाका प्रबन्धक आयुषा दर्शनधारी, कोषाध्यक्ष जेनु महर्जन र सचिव यशोदा राईको नाममा रहेको सिरुटारको ४८ आना जग्गा १४।४० करोडमा विक्रि गर्ने र सो रकम बचतकर्तालाई फिर्ता गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । सो जग्गामा २।२ करोड ऋण रहेको सहकारीले जारी गरेको विवरणमा उल्लेख छ । यसबाट २ सय ५८ जना बचतकर्ताको रकम फिर्ता हुने सिइओ महर्जनले बताए । त्यस्तै, अध्यक्ष दिनेश दर्शनधारीको नाममा रहेको कीर्तिपुर नगरपालिका ३ मा रहेको १० आनामा बनेको घर विक्रिबाट प्राप्त हुने १७ करोड रकम पनि बचतकर्तालाई फिर्ता गर्ने योजना सार्वजनिक गरेको छ । सो घरमा २ करोड ऋण रहेको उल्लेख छ । घर विक्रिबाट आउने रकमले १ सय २६ जना बचतकर्ताको रकम फिर्ता हुने विवरणमा उल्लेख छ । त्यस्तै, सचिव यशोदा राईको चन्द्रागिरी १ मा रहेको ६ आनामा बनेको घर विक्रीबाट आउने ५।५ करोडबाट बचतकर्ताको रकम फिर्ता गर्ने योजना अघि सारेको छ । 

सो रकमबाट २६ जना ठुला बचतकर्ताको रकम फिर्ता हुने सिइओ महर्जनले बताए । त्यस्तै, संस्थाले सहकारीका सिइओ सुर्वण महर्जन९मचाराम महर्जन०को काठमाडौं महानगरपालिका १७ खुशीबुँमा रहेको १८ आनामा बनेको घर र जमिन विक्रिबाट आउने ३० करोडबाट बचत फिर्ताको विवरण सार्वजनिक गरेको छ । सो घर जमिनमा १२ करोड ऋण रहेको विवरणमा उल्लेख छ । सो रकमबाट ७३ जना ठुला बचतकर्ताको रकम फिर्ता हुने छ ।त्यस्तै, संस्थाले काठमाडौंको अनामनगरको घट्टेकुलोमा रहेको ७ आना जग्गा विक्रीबाट आउने १०।५ करोड रकम बचतकर्तामा फिर्ता गर्ने योजना सार्वजनिक गरेको छ । सो जग्गा देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको नाममा रहेको र ४।५ करोड ऋण रहेको विवरणमा उल्लेख छ । सो रकमबाट १३ जना बचतकर्ताको रकम फिर्ता हुने सिइओ महर्जनले बताए ।त्यस्तै, संस्थाका प्रबन्धक आयुषा दर्शनधारीको नाममा सिरुटारमा रहेको २८ आना जग्गा विक्रिबाट आउने ११।२० करोड रकम २ करोड ऋण कट्टागरि १३ जना बचतकर्ताहरुलाई फिर्ता गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । सहकारीले सञ्चालक समिति, परिवारका सदस्यहरुको चलअचल सम्पत्ती विक्रिगरि बचत फिर्ता गर्ने योजना सार्वजनिक गरेको छ । दर्शन साकोस संकटग्रस्त घोषणा नहुदै, सहकारी सञ्चालनकै क्रममा रहेको अबस्थामा बचत फिर्ताको योजनाले शेयर सदस्यहरुमा केहि राहत मिल्ने अपेक्षा गरिएको छ । अहिले सहकारीहरु आर्थिक संकटमा पर्दै गर्दा सञ्चालक भाग्ने, संकटग्रस्त घोषणा गर्ने जस्ता घटनाहरु बढ्दो छन् ।

संस्थाले सञ्चालक समितिका परिवार सदस्य देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको नाममा फाखेलमा रहेको २९।५ रोपनी जग्गा विक्रीबाट आउने २८।५ करोड बचतफिर्तामा खर्चिने भएको छ । सो रकमबाट ११ सय ४ जना बचतकर्ताको रकम फिर्ता गर्ने विवरण सार्वजनिक गरेको छ । संस्थाले सबै निक्षेपकर्ताको विवरण सार्वजनिकगरि कुन सदस्यले कति रकम प्राप्त गर्ने उल्लेख समेत गरेको छ । त्यस्तै, सहकारीका सदस्य जेनिशा महर्जनको नाममा बारामा रहेको १५।७५ कठ्ठा रहेको जग्गा विक्रीबाट आउने २५ करोड २ सय ३८ जना बचतकर्तालाई वितरण गर्ने नामवली सार्वजनिक गरेको छ । त्यस्तै, संस्थाको कोषाध्यक्ष जेनु महर्जनको नाममा रहेको बाराको जितपुरको १८।७५ कठ्ठा जग्गा विक्रिबाट आउने ३० करोड रकम पनि बचत फिर्तामा लगाउने सिइओ महर्जनले बताए । सो रकमबाट १ सय ३४ बचतकर्ताको रकम फिर्ता हुने विवरणमा उल्लेख छ ।त्यस्तै, संस्था सचिव यशोदा राईको नाममा बारामा रहेको ३।४३ विघा जग्गा विक्रीबाट आउने ११० करोड रकम ठुला बचतकर्ताहरुलाई फिर्ता दिने कार्ययोजनामा समावेश गरिएको छ । संस्थाले सो रकम प्राप्त गर्ने ठुला बचतकर्ताहरुको विवरण पनि सार्वजनिक गरेको छ । सो रकम २६ जना बचतकर्ताहरुको बचत फिर्ता गरिने सिइओ महर्जनले बताए । त्यस्तै, सहकारीले संस्थाका सञ्चालक समितिको चलअचल सम्पत्तीबाट परिपुर्ती नभए अन्य सम्पत्तीको विवरण पनि सार्वजनिक गरेको छ । त्यसकालागि सञ्चालक समितिका काठमाडौं उपत्यका लगाएतका विभिन्न जिल्लामा रहेका सम्पत्तीको विवरण सार्वजनिक गरेको हो ।
 

Related Post