समाचार

मणिपाललाई २० करोड छुटको निर्णयमा मेयरमाथि प्रश्न

मणिपाललाई २० करोड छुटको निर्णयमा मेयरमाथि प्रश्न

पोखरा,असार १८ । मणिपाल शिक्षण अस्पताललाई करिब २० करोड रुपैयाँ छुट दिएर नक्सापास गरेपछि पोखरा महानगरपालिकामा मेयर धनराज आचार्यमाथि प्रश्न उठेको छ ।

व्यापारिक समूहसँगको मिलेमतोमा सुटुक्क नक्सापास गराएको भन्दै मेयरको विरोध भइरहेका बेला मंगलबार अख्तियार दुुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा छापा मारेको छ ।अख्तियारको टोलीले महानगर कार्यपालिका बैठकको निर्णय, राजस्व परामर्श समितिको बैठकको निर्णय, नक्सापास तथा मणिपालसँग सम्बन्धित महानगरमा भएका सबै कागजात अनुसन्धानका लागि लगेको छ ।

Related Tag :

Related Post