अर्थ / वाणिज्य

११ महिनामा सवा दुई खर्ब लगानी प्रतिबद्धता

११ महिनामा सवा दुई खर्ब लगानी प्रतिबद्धता

काठमाडौ‌‌ असार   २०। नेपालमा चालु आर्थिक वर्ष २०८०र८१ को ११ महिनामा सवा दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार यस अवधिमा कुल ३८३ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ४९ वटा ठूला उद्योग, ५० वटा मझौला उद्योग र २८४ वटा साना उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । ती उद्योगमा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।विभागका अनुसार जेठ महिनामा मात्र ३७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यो कुल ५९ वटा उद्योग दर्तामा आएको हो ।

यस वर्ष वैशाखमा सरकारले लगानी सम्मेलनको आयोजना गरेको थियो । सो सम्मेलनको सकारात्मक प्रभाव आन्तरिक तथा वाह्य लगानीमा देखिएको छ । जेठ महिनामा मात्र ९ ठूला उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।प्रत्यक्ष वैदेशिक लगानीतर्फ यस वर्ष कुल ३५५ लगानीको प्रस्ताव स्वीकृत भएको छ । यस अवधिमा ४४ अर्ब ३४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जेठ महिनामा मात्र ३ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । यस वर्ष कुल ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रने अनुमान सरकारले गरेको थियो ।

 

 

Related Post