समाचार

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको अनुमोदन अनिश्चित

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको अनुमोदन अनिश्चित

काठमाडौं,असार २० । निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ अनिश्चित भएको छ । संसदीय सुनुवाइ समिति सदस्यहरुका अनुसार नेतृत्वले हस्तक्षेप नगरे प्रधानको नाम अस्वीकृत हुने सम्भावना छ ।

समितिले भोलि शुक्रबार प्रधानको कार्ययोजना सुनेर अनुमोदन गर्ने तयारी थियो । तर बिहीबार उजुरीकर्ताहरुलाई सुनेपछि समिति सदस्यहरु थप अध्ययन गर्न आवश्यक रहेको निष्कर्षमा पुगेका छन् ।संसदीय सुनुवाइ समितिका जेष्ठ सदस्य पशुपतिशमशेर जबराका अनुसार निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध चार जनाले उजुरी दिएका थिए ।

Related Tag :

Related Post