ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

आर्थिक संकट पैदा भएपछि श्रीलंका तनावग्रस्त

Rojjan Raj Pandey २८ वैशाख २०७९, बुधवार

आर्थिक संकट पैदा भएपछि श्रीलंका तनावग्रस्त भएको छ ।

 श्रीलङ्काली नागरिकहरुले सरकारबिरुद्ध गरेको प्रदर्शनका कारण झन तनाव सिर्जना भएको हो ।

प्रदर्शनकारीहरुले श्रीलङ्काका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरसहित ५० भन्दा बढी नेताहरुको घर जलाइएको बीबीसीले जनाएको छ ।

सोमबार र मंगलबारको समय अवधिबीचमा राजपाक्षे र नेताहरुको घर जलाइएको हो ।  घर आगजनीबाट मानवीय क्षति भने भएको छैन । प्रहरीले तत्काल सुरक्षा दिएर राजपाक्षेको परिवारका सदस्यलाई घरबाट निकालेकाले मानवीय क्षति हुन नपाएको प्रहरीले बताइएको छ ।

उक्त समयमा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हावाइ फायरसमेत गर्नु परेको थियो । उता सरकारले भने कर्फ्यु जारी गरेको छ । कर्फ्यु उल्लङ्गन गर्नेमाथि गोली चलाउन आदेश दिइएको छ ।

त्यस्तै सोमबार नै ५० भन्दा बढी नेताहरुको घर जलाइएपछि ती नेताहरु शरण लिएर बसिरहेको बताइएको छ । यता राजपाक्षेको परिवारहरुलाई भने सुरक्षाकर्मीले घरबाट बाहिर निकालेर पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौसैनिक अड्डामा राखेको बीबीसीले जनाएको छ ।

प्रदर्शनका क्रममा हालसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् भने २०० भन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले अब राष्ट्रपति गोटाबाया राजापाक्षेको घरलाई निशाना बनाएका छन् । राष्ट्रपतिको घर अगाडी उनीहरुले ठूलो संख्यामा भेला भएर उनको राजीनामा माग गरिरहको बताइएको छ । केही दिन पैला सरकारकै साम्सद को आगामीमा मारिएका थिए।

लोकप्रिय