ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

भारतीय रक्षामन्त्रीले भने, ‘नेपाल हाम्रो भाई हो रिसाए पनि फकाउँछौं’

Rojjan Raj Pandey ६ माघ २०७७, मङ्गलवार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट नदिएको भनेर भारतको चर्को आलोचना भइराख्दा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको प्रगाढ सम्बन्ध रहेको बताउनुभएको छ ।

नेपालले जे भनेपनि छिमेकीका साथसाथै नेपाल आफ्नो छोटा भाइ भएको प्रतिक्रिया दिँदै सिंहले नेपालसँग शत्रुताको कुरा कल्पना गर्नै नसक्ने बताउनुभयो । भारतीय टेलिभिजन आजतकमा पत्रकार प्रभु चावलासँगको अन्तर्वार्तामा मन्त्री सिंहले आफ्नो भाई केही कुरामा रिसाएपनि त्यसलाई बसेर फकाउने बताउनुभयो ।

सिंहले भन्नुभयो, ‘नेपाल र भारतबीच सांस्कृतिक र सामाजिक सम्बन्ध भएकोले नेपालसँग कुनैपनि विषयमा झगडा गर्नै सकिदैन् ।’ नेपाल र भारतबीच रोटी बेटीको सम्बन्ध भएकाले त्यसलाई टुट्न नदिने उहाँले बताउनुभयो । नेपालको जमिनमा सडक बनाएको कुरामा स्टेटमेण्ट आएको कुरामा पत्रकार चावलाले प्रश्न गर्दा सिंहले नेपाल र भारत भाइ भाई भएको र भाई भाईबीच जग्गा केही मिचामिच भएपनि त्यसलाई सुल्झाउने बताउनुभयो ।

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याकको उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनाव बढेको हो । सो सडक नेपालको भूमिमा निर्माण गरिएको भन्दै नेपालमा व्यापक विरोध भएको थियो ।

नेपालमा चर्को विरोध भएपछि उहाँले त्यतिबेला पनि नेपाललाई कुनै आरोपप्रत्यारोप लगाउने पक्षमा आफू नभएको बताउनु भएकोे थियो । तर, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले भने नेपालले चीनको इसारामा विरोध गरेको अभिव्यक्ति दिनु भएको थियो ।  imagekhabar

लोकप्रिय