ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

भद्रवहादुर खड्का यतिवेला नुवाकोटको राजनीति र शैक्षिक क्षेत्रमा गुमनाम भएका छन्

Rojjan Raj Pandey ३१ जेठ २०७८, सोमवार

नुवाकोट । वि.स. १९७८ चैत्र ७ गते काठमाण्डौको वालुवाटारमा चक्रवहादुर लेफिनेन्टको घरमा जन्मीएर खुसयलमा हुर्किएका भद्रवहादुर खड्का यतिवेला नुवाकोटको राजनीति र शैक्षिक क्षेत्रमा गुमनाम भएका छन्

आफ्नो जीवनको पुरै उर्बर समय नुवाकोट र नुवाकोटेको विकास र शैक्षिक क्षेत्रको लागि आफ्नो समय खर्चिएका खड्कालाई नुवाकोटे जनता र उनका पस्ताहरुले विर्सन थालेका छन् । नुवाकोटका स्थानिय नेताहरुमध्ये स्वर्गिय भद्रवहादुर खड्का वि.स. २०१५ सालमा महासभा पार्टीको तर्फबाट नुवाकोटको पुर्वी क्षेत्रको संसदीय उम्मेदवार भई चुनाव लडेका थिए ।

समाजमा गरिव र धनिविचको खाडल कम गर्न पहिला जनता नै शिक्षित हुनुपर्ने ठानेर खड्काले जिल्लामा विद्यालय खोल्ने निधो गरे । यसै क्रममा उनले नुवाकोटको विकास बोर्डको सदस्य भई पहिलो काम आफ्नै गाउँ शिखरवेशीमा बच्छला प्रावि नाम राखेर प्रावि स्कुल वि.स. २०१६ सालमा स्थापना गरे ।

त्यस समयमा गाउँमा साहु र गरिवविच ठुलो खाडल थियो । विद्यालय स्थापनापछि उनले गाउँका साहु महाजन र गरिववीचको दुरी घटाउने अभियान शुरु गरे । जसअनुसार त्यो समयमा चलेको एकसय रुपैयाँको २५ पाथी कोदो मकै वा धान ब्याज र ४ गुहार लिने चलन थियो । यसले गाउँका विशेष गरि गरिव वर्ग प्रताडित थिए । उनीहरुलाई राहात दिने सोचले सो प्रथा हटाउने अभियान शुरु गरे ।

जस अनुसार खड्काले बढी ब्याज लिन नपाउने र गुहार पनि लिन नपाउने अभियान चलाई गरिवहरुलाई खुशी पार्ने काम गरे । फलत गरिवहरुलाई शोषण गरेर बसेका धनीहरुलाई त्यो कुरा पाच्य भएन र खड्काको विरोध गर्न थाले । बढी ब्याज लिन नपाउने र गुहार पनि लिन नपाउने अभियानमा उनलाई गरिव जनताले भने राम्रो साथ दिने गरेका थिए । बढी ब्याज लिन नपाउने र गुहार पनि लिन नपाउने अभियानसँगै उनले आफ्नो गाउँवस्तीमा रहेका खोलाहरुमा झोलुङ्गे पुल निर्माण गर्ने अभियान चलाए ।
यसरी उनले आफ्नो गाउँमा विकास निर्माण, संस्कृति परम्परालाई परिस्कृत र शैक्षिक क्षेत्रमा काम गरिरहेको अवस्थामा देशमा राजनितिक अवस्था फेरियो।
जस अनुसार वि.स. २०१७ साल पौष १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गर्ने घोषणा गरे । त्यसपछि राजा महेन्द्रले उनलाई रााष्ट्रिय केन्द्रिय सम्मेलन केन्द्रमा नुवाकोटको तर्फबाट केन्द्रिय सल्लाहकार बनाए ।

वि.स. २०१९ सालमा पन्चायती संविधान मुलकमा जारी भयो । उनी वि.स. २०१९ सालको जिल्ला पन्चायत निर्वाचनमा जिल्लाको पुवी क्षेत्रबाट जिल्ला सदस्य निर्वाचित भएका थिए । त्यसपछि राजा महेन्द्रबाट भुमिसुधार ऐन जारी भयो । साहु र गरिवमा बढी ब्याज लिएकोमा फिर्ता गराउने र तमसुक च्यात्ने काम गरेका उनी पुर्वी भेगमा टोली प्रमुख भएका थिए ।

यसै क्रममा उनी वि.स २०२४ सालमा फेरि जिल्ला पन्चायत सदस्य निर्वाचित भएका थिए । त्यस अवसरमा झोलुङ्गे पुलहरुको निर्माण गराउने र गोरेटो बाटो निर्माण गराउने काम खड्काके पालमा भएको थियो । उनले आफ्नै गाउँको शिखरवेशी फाँटलाई सिंचाई गराउन कत्तुङ खोला, जेम्राङ फेदी मुहानगरि ठुलो पहरो पार गरि बाटो निर्माण गराएका थिए ।

यसैगरि उनी वि.स.२०२८ सालमा नुवाकोट जिल्ला पन्चायतको सभापतिमा निर्वाचित भएका थिए । त्यही अवस्थामा नेपालमा खम्बा काण्ड उत्पति भयो र राजालाई साथ दिएर उनले धेरै ठुलो गुन लगाएर खम्बा काण्डको अन्त्य गराएका थिए ।
त्यसपछि नुवाकोटमा विद्यालय खोल्ने होडबाजी चलेको थियो । फलस्वरुप एकाथरीले चौघडामा विद्यालय राख्नुपर्ने माग गर्दथे भने भद्रवहादुर खड्काचाहिँ खरानीटारमा राख्नुपर्नेमा जोड दिन्थ्ये । उनले खरानीटारमा विद्यालय स्थापना नभएको भन्दै जिल्ला पन्चायतकोसभापतिबाट राजीनामा दिएर दरवारमा बुभाएका थिए । तर अन्त्यमा खरानीटार अमरज्योति माध्यामिक विद्यालय स्थापना भएसँगै उनले राजीनामा फिर्ता लिएका थिए ।

त्यही वर्ष खड्काले नुवाकोटमा एकैपटक ३२ ओटा प्रावि र ८ ओटा निमाविको लागि जिल्लामा स्वीकृती दिलाई जिल्लाको दुर्गम तथा गाउँगाउँमा विद्यालय पुराएका थिए । सोही जनपक्षिय कामको मुल्याङकन गरेर दरबारबाट उनलाई रााष्ट्रिय पन्चायतको मान्य सदस्य बनाईएको थियो ।

स्वर्गीय भद्रवहादुर खड्का गरिव दुखीको निमित्त उपकारी व्यक्ति पनि भएको राप्रपाका केन्द्रिय सदस्य गोकर्णराज सिटौला बताउँछन् । खड्का सानैदेखि निडर र केही गर्नुपर्छ भन्ने भावना बोकेका व्यक्ति रहेको सिटौला बताउँछन् । भद्रवहादुर खड्काले साहु र गरिवविच धेरै अन्तर भएको भन्दै त्यस्तो विभेदलाई हटाउँन महत्वपुर्ण प्रयास गरेका थिए । तर साहुहरु रिसाएपछि जिन्दगीभर उनले कसैको सहयोग र सर्मथन पाउनुभएन उनले स्मरण गर्दे भने ।

उनले भद्रवहादुर खड्काले शिखवेशीमा हेल्थपोष्ट बनाउनेदेखि उन्नत जातको धान ल्याउने, उन्नत नष्ल भएका रागाँ र भैसी ल्याएर गाउँमा व्यवस्थित रुपमा खेतीपाती र पशूपन्छीपालन गर्न थालेको बताउँछन् । खड्काले भारतको गुजरातबाट धानको र गोरुको उन्नत जात पहिलोपटक नुवाकोट भित्राएका थिए ।

दुप्चेश्वर मन्दिर दर्शन गर्न जाँदा लहरामा झुन्डिएर जानु पर्ने अवस्थामा उनै भद्रवहादुर खड्काले गोरेटो बाटो निर्माण गरेका थिए । यस्तै नुवाकोटका अधिकांश मान्छेहरु भुमिहिन रहेको अवस्थामा उनै खड्काले जमिनमा जसको जोत उसैको पोत बनाएका थिए ।

तादी र लिखु खोलमा झोलुङ्गे पुल निर्माणदेखि नुवाकोटको गोल्फुभन्ज्याङ हुदै काठमाण्डौ जाने बाटो निर्माण पनि उनैको पालमा भएको थियो । यस्तै शिखरवेशी फाँटलाई सिंचाईयो योग्य बनाउन सिंचाईको व्यवस्थ गर्ने, तत्कालिन समयमा नुवाकोट दरवारमा पानी नभएको अवस्थामा धाराको व्यवस्था गर्नेदेखि गरिवका छोरोछोरीहरुलाई जागरि र कामको व्यवस्था समेत उनैले गरिदिएका थिए ।

उनको खरो तथा जनप्रेमि कामले आत्तिएकाहरुले उनलाई काँडोका रुपमा हेर्न थालेका थिए । जसको कारण उनलाई सभासमारोहमा मञ्चको कुर्सी वस्नको लागि पाउन समेत गाह्रो परेको थियो । तर त्यही समयमा गरिवहरुले आफुले लगाएको बख्खु खोलेर भद्रवहादुरलाई बस्नको लागि ओछाएर सम्मान गर्ने गर्दथे ।

राजभत्ति र देशभत्तिको भावनाले परिप्ुर्ण गुणका धनी खड्काले जिल्लाभर नै झोलुङ्गे पुल निर्माण र विद्यालय खुलाउने अभियानमै आफ्नो ज्यान गुमाए । उनको वि.स. २०६३ साल फागुन १४ गते निधन भएको थियो ।

तर उनै भद्रवहादुर खड्काको सामाजसेवा गर्ने कामको विँडो थाम्न यतिवेला उनकै नाती शुशिल खड्का मैदानमा देखिन थालेको छन् । हजु्र वुबाको सपनालाई साकार पार्न शुशिल यतिवेला लागि परेका छन् । उनले व्यक्तिगत सहयोगमा पुल निर्माणदेखि विद्यालयललाई शैक्षिक सामाग्री वितरणसम्म तथा गरिव असहाय व्यक्तिलाई निरन्तर आर्थिक तथा खाधान्न सहयोगमा जुटिरहेको गोकर्णराज सिटौलाले बताए ।

यस्तै देशमा कोरोना महामारीको संक्रमण तिव्र भइरहेको अवस्थामा विभिन्न स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्रीको अभाव भइरहेको समयमा उनै भद्रवहादुरका नाती शुशिल खड्का औषधी र स्वास्थ्य सामाग्री र खाद्यान्न सहयोग गर्दे अग्रपङ्त्तिमा उभिएका छन् ।साभार।

लोकप्रिय