बजेट २०७९/८० मा गरिएका मुख्य व्यवस्थाहरु

Rojjan Raj Pandey १८ जेठ २०७९, बुधवार

बजेट २०७९/८० मा गरिएका मुख्य व्यवस्थाहरु ३३ बुदाँमा:

१. किसान पेन्सन कार्यक्रम !
२. एक परिवारलाई एक विद्युतीय चुलो !
३. अब ६८ वर्षकाले वृद्ध भत्ता पाउने ! मासिक ५ हजार !!
४. पेट्रोलियम पदार्थको मूल्य घटाइने !
५. कर्मचारीको तलब १५ प्रतिशत बढ्यो
६. ९८ प्रकारका औषधी निशुल्क !
“"मिर्गौला, क्यान्सर र मेरूदण्ड पक्षघातका बिरामीलाई महिनामा ५ हजार ! 
७.निशुल्क मृगौला प्रत्यारोपण !
८. आगामी वर्ष ६५५ वटा अस्पताल बनाइसक्न १० अर्ब रूपैयाँ बजेट !
९.२५ जिल्लाहरूमा सुत्केरीलाई पोषण भत्ता स्वरूप ५ हजार रूपैयाँ दिने !
१०.शिक्षक अस्पताल बनाईने !
११. स्यानिटरी प्याडमा भन्सार महशुल ९० प्रतिशत छुट गर्ने घोषणा 
१२. धान, गहुँ, मकै र तरकारी आयात ३० प्रतिशत घटाइने !
१३. ग्यासमा अनुदान कटौती गरिने, खाना पकाउन बिजुलीमा अनुदान !
१४. दुई लाखलाई काम दिन प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सात अर्ब पाँच करोड बजेट !
१५. विदेशबाट फर्केकालाई सहुलियत ऋण दिइने, १३ अर्ब ५९ करोड !
१६. विदेशमा निर्माण व्यवसाय गर्न सकिने कानुनी व्यवस्था ल्याउने 
१७. सहरी गरिबलाई अपार्टमेन्ट
१८. सहकारीलाई चुक्ता पुँजीको ५ प्रतिशत अनुदान दिइने
१९. नेपाल विद्युत प्राधिकरणको सेयर जारी
२०. कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने !
२१.हेटौंडा कपडा उध्योग सन्चालन गर्ने र सार्वजनिक पद धारण गर्नेले प्रयोग गर्नैपर्ने !
२२. स्टिल, सिमेन्ट, फुटवेयर र पानी निर्यातमा ८ प्रतिशत नगद अनुदान !
२३. नयाँ सुख्खा बन्दरगाह बन्ने, रेलवे र मेट्रो रेलका लागि ६ अर्ब
२४. औद्योगिक पूर्वाधारका लागि ३ अर्ब ७९ करोड !
२५. मदन भण्डारी, हुलाकी, पुष्पलाल राजमार्गलाई बजेट र पुष्पलाल राजमार्गको १० सहर निर्माणलाई ३ अर्ब !
२६. काठमाडौं चक्रपथ विस्तारका लागि १ अर्ब
२७. काठमाडौंमा सुरुङमार्ग बनाउन १ अर्ब १९ करोड, नागढुंगा सुरुङमार्ग, थानकोट- चित्लांग र पालुंग - चितवन सुरुंगमार्गमा जोड ! 
२८. पढ्दै कमाउदै कार्यक्रमलाई १०० विध्यालयमा विस्तार गरिने !
२९.प्राविधिक धारमा स्नातक र स्नातकोत्तर तहका विध्यार्थीले ९० दिन स्वयम्सेवक भई कार्य गर्नु पर्ने !
३०.माथिल्लो अरुणका लागि एक अर्ब र दूधकोशीका लागि ९४ करोड बजेट !
३१. आगामी वर्ष सरकारी गाडी नकिन्ने घोषणा !
३२. आर्थिक वृद्धि लक्ष्य ८ प्रतिशत !
३३. काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम

लोकप्रिय