ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

एमाले महाधिवेशनमा स्वास्थ्य तयारी: प्रत्येक र्‍यालीमा एम्बुलेन्सदेखि नि:शुल्क उपचारसम्म

Madhukar Pandey ९ मंसिर २०७८, बिहिवार

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक र्‍यालीमा एउटा एम्बुलेन्स राखिने भएको छ। महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने र्‍यालीसँग एम्बुलेन्स पनि रहनेगरी व्यवस्थापनको काम भइरहेको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले बताए।

नवलपुरको गैँडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोकसहितबाट निस्किने र्‍यालीसँगै एम्बुलेन्स पनि रहने ढकालको भनाइ छ। महाधिवेशनको स्वास्थ्य समितिसँगै एम्बुलेन्स रहने ढकालले बताए। एमालेको महाधिवेशनका लागि प्रयोग हुने एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारको तालिम लिएका स्वयंसेवकहरु परिचालन हुने बताइएको छ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले महाधिवेशन उद्घाटन हुने स्थानमा भीआईपी र भीभीआईपीलाई लक्षित गर्दै दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने बताए। मञ्चको आडैमा 'क' वर्गको एउटा र 'ख' वर्गको एउटा गरी दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिने पौडेलले बताए। 'मञ्चमा हुने विशिष्ट व्यक्तिहरुका लागि लक्षित गर्दै स्वास्थ्य तथा वातावरण सरोकार समाज सौराहाको 'क' वर्गको र रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको 'ख' वर्गको एम्बुलेन्स मञ्चलाई लक्षित गर्दै राख्छौँ,' पौडेलले भने, 'उद्घाटन सत्र सकिएपछि भने बन्दसत्र हुने स्थान सौराहामा केन्द्रित गरेर एम्बुलेन्स परिचालन गरिनेछ।'

बन्दसत्र अवधिभर सौराहामा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली बस्ने ठाउँमा 'क' वर्गको परिचालन हुने भन्दै पौडेलले थप चारवटा एम्बुलेन्स बन्दसत्र हुने स्थानको नजिकमा रहने बताए। 'महाधिवेशन प्रतिनिधिहरु बिरामी परेको अवस्थामा उनीहरु बसेकै होटलमा पुगेर थप उपचारका लागि स्वास्थ्य संस्थामा पुर्‍याउने गरी सौराहामा एम्बुलेन्स पार्किङ गरेर राख्नेछौँ,' पौडेलले भने, 'सम्भावित दुर्घटनालाई मध्यनगर गरी मानवीय सेवामा समर्पित भएर महाधिवेशन अवधिभर निःशुल्क रुपमा एम्बुलेन्स सञ्चालन गर्दै छौँ।'

बन्दसत्रमा बिरामी भएका प्रतिनिधिहरुलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति गरिएको समितिका सदस्य डा. कृष्णप्रसाद अधिकारीले बताए। 

'महाधिवेशनमा सबै विषयका विज्ञ चिकित्सकसहित २५० जना स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित परिचालन हुन्छ,' अधिकारीले भने, 'हामीले उपचार गर्न नसकेको बिरामीलाई भरतपुरको मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति भएको छ।' बन्दसत्र हलनजिकै स्वास्थ्य समितिले चिकित्सकसहितको टोली राख्नेछ।swasthyakhabar

लोकप्रिय