ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

फोहोर माग्दै वडाध्यक्ष टोलटोलमा

Rojjan Raj Pandey १३ असार २०७९, सोमवार

सिरहा — लहान नगरपालिकामा फोहोर व्यवस्थापनको समस्या बर्सेनि बल्झिरहन्छ । फोहोर नउठाएको भन्दै पटकपटक स्थानीयले नगरपालिका कार्यालय घेराउ गर्दै आएका छन् । गत वर्ष डम्पिङ साइट विवादका कारण बजार क्षेत्रको फोहोर १८ दिनसम्म नउठाएको भन्दै स्थानीयले पालिका कार्यालय परिसरमा फोहोर फालेका थिए । 

नगरपालिकाको मुख्य बजार क्षेत्र वडा नम्बर ७ मा पर्छ । यो क्षेत्रमा बर्सेनि फोहोरकै समस्या र नगरवासीले विरोधमा उत्रिनुपरेको घटना देखेका वडाध्यक्ष रामअवतार शर्मा आफैं व्यवस्थापनमा सक्रिय भएका छन् । पालिकाको ट्र्याक्टर र टिपरले फोहोर नउठाउँदा समस्या बल्झिने भयले यसपटक वडाध्यक्ष शर्माले नयाँ जुक्ति निकाले । गल्लीमा समेत फोहोर उठाउन सजिलो हुने ‘कन्टेनर सफारी’ वडामा किनेर ल्याए । अनि आफैं फोहोर माग्न साँघुरो गल्लीमा पनि पुग्न थालेका छन् । अहिले फुर्सद हुनेबित्तिकै उनी सहयोगी लिएर घरदैलोमै फोहोर उठाउन पुग्छन् ।

उनी सफारी चलाउँछन्, सहयोगीले फोहोर कन्टेनरमा हाल्छन् । ‘फराकिलो सडकको फोहोर मात्रै उठाउने गरेको जनगुनासो वडाभरि थियो,’ शर्माले भने, ‘त्यसैले टोलको फोहोर उठाउने माध्यम बनाएँ कन्टेनर सफारीलाई ।’ यात्रु बस्ने गरेको चालक पछाडिको सिटी सफारीको भागलाई हटाई त्यसको साटो दुईवटा कन्टेनर जडान गरी उनले दुई भागमा विभाजन गर्न लगाई एउटालाई सड्ने फोहोर र अर्कोलाई नसड्ने फोहोरको भण्डारणका रूपमा प्रयोग गर्दै आएका छन् ।

उनको यही सक्रियता देखेर पहिलो कार्यपालिकाको बैठकले शर्मालाई सरसफाइ संयोजकका रूपमा छनोटसमेत गरेको छ । भित्री टोलको फोहोर नउठाउँदा नालामै थुप्रिने र वर्षायाममा निकास अवरुद्ध हुने समस्या थियो । नगरपालिकासँग समन्वय गरी सरसफाइकै बजेटबाट दुईवटा सिटी सफारी खरिद गरी त्यसलाई कन्टेनर बनाइएको हो । ‘अब यो सानो कन्टेनरमा कमसेकम सानो गल्लीभित्र रहेको एउटा बस्तीको फोहोर राम्ररी उठाउन सकिन्छ’, शर्माले भने, ‘यसबाट फोहोर उठाउने समस्या टरेको छ ।’

वडा नम्बर ६ ले पनि सिटी सफारीलाई कन्टेनर बनाएर फोहोर संकलन सुरु गरेको छ । हरेक टोलबस्तीका लागि फोहोर उठाउन सजिलो माध्यम सफारी कन्टेनर बनेपछि नगरपालिकाले २४ वटै वडामा यसको प्रयोग गर्ने निर्णय समेत गरेको वडाध्यक्ष शर्माले जानकारी दिए ।ekantipur

लोकप्रिय