ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

झापामा २०२९ पुस १० गते धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानेन्द्रप्रसाद ढकाललाई खुकुरीले काटेर मारिएको थियो ।

Madhukar Pandey २३ साउन २०७८, शनिवार

झापामा २०२९ पुस १० गते धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानेन्द्रप्रसाद ढकाललाई खुकुरीले काटेर मारिएको थियो । त्यस बेलाको त्यस घटना पनि विचित्रको थियो । कुरा के हो भने— ज्ञानेन्द्र काशी विश्वविद्यालयमा वायोकेमेस्टीविषयक एमएस्सी पढ्दै थिए र छुट्टीमा झापा आएका थिए । शनिश्चरेमा पनि उनीहरूको भव्य घर थियो; तर उनका आमाबुबा हात्तीकिल्लामा बस्थे । त्यहाँ उनीहरूको फलफूलको जुस बनाउने ‘मोरङ क्यानिङ कम्पनी’ नाउँको ठूलै कारखाना थियो ।

ज्ञानेन्द्रले आफूलाई काट्न आउनेलाई बक्सिङ हानेर त्यहीँ ढालेका थिए । त्यसपछि उनी हाँप र झाँप गरेर भित्र कोठामा पसेका थिए । कोठाभित्र उनी बन्दुकमा टोटा भर्दै थिए । त्यसै बेला हर्कबहादुर खड्कासहित चार जना लाठे उनका कोठाभित्र पसे । त्यसपछि उनीहरूले ज्ञानेन्द्रलाई समाएर घरमुनि लगे । अनि आँगनमा पुर्‍याएर उनीहरूले ज्ञानेन्द्रका घाँटी खुकुरीले छपक्कै छिनाइदिएका थिए ।

ज्ञानेन्द्र साँझतिर आमाबाबु बसेको घर पुगे । छोरा आएकोमा त्यस घरमा हर्षबढाइँ भइरहेको थियो । अनि साँझ उनीहरू सँगै बसेर रात्रिभोजन गरिरहेका थिए । त्यसै बेला उनीहरूका घरमा पच्चिस जनाको हाराहारीमा विद्रोहीहरू पुगिसकेका थिए । लाठेहरू उनीहरूले भात खाइरहेका ठाउँमा पुगे । त्यसै बेला धर्मप्रसाद ढकाललाई उनीहरूले खुकुरीले काटेर त्यहीँ मारे । त्यसपछि उनीहरू छोरा ज्ञानेन्दप्रसाद ढकाललाई काट्न ठीक परेका थिए । तर ज्ञानेन्द्रले आफूलाई काट्न आउनेलाई बक्सिङ हानेर त्यहीँ ढालेका थिए । त्यसपछि उनी हाँप र झाँप गरेर भित्र कोठामा पसेका थिए । कोठाभित्र उनी बन्दुकमा टोटा भर्दै थिए । त्यसै बेला हर्कबहादुर खड्कासहित चार जना लाठे उनका कोठाभित्र पसे । त्यसपछि उनीहरूले ज्ञानेन्द्रलाई समाएर घरमुनि लगे । अनि आँगनमा पुर्‍याएर उनीहरूले ज्ञानेन्द्रका घाँटी खुकुरीले छपक्कै छिनाइदिएका थिए ।

दाइ खगेन्द्रप्रसाद ढकाललाई मार्न गएका विद्रोहीले मारिएका व्यक्तिचाहिँ भाइ ज्ञानेन्द्रप्रसाद ढकाल थिए । उनलाई मारिएको यस अञ्जान बेहोराले पछिसम्म शिवप्रसाद शिवाकोटीहरूलाई पछुतो र पीडा भइरहेको थियो । तर उनीहरूका लागि आँखी भएका खगेन्द्र ढकाल पनि झापामा सरल, सहृदयी र सौम्य समाजसेवीका रूपमा नै परिचित थिए । स्थानीय भलादमी, पञ्च र शिक्षकहरू भन्थे— ‘खगेन्द्र ढकालजस्तो नरम, शिष्ट र मर्यादित मान्छे विरलै हुन्छन् ।’ उनले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए र पछि बीएल पनि पास गरेका थिए ।

उनी त्यसपछि आफ्नै गाउँको सेवा गर्नेहेतु झापा गएका थिए । जनसेवा गर्ने क्रममा उनी पाराखोपी गाउँ पञ्चायतका प्रधानपञ्चमा निर्वाचित पनि भए । उनकै कार्यकालमा र उनैको प्रस्तावमा पाराखोपीलाई अर्जुनधारा गाउँ पञ्चायत बनाइएको थियो (२०३१ सालमा राजा वीरेन्द्रको राज्याभिषेकका अवसरमा झापा, शनिश्चरेमा गठित ‘श्री ५ वीरेन्द्र शुभराज्याभिषेक समारोह समिति’मा खगेन्द्र ढकाल र म (नरेन्द्रराज प्रसाई) आयोजक प्रतिनिधि थियौँ ।) । -नरेन्द्र परसाई

लोकप्रिय