म त मर्छु कि क्या हो ओहो एप बाट हेर्न मिल्ने

Madhukar Pandey ११ भदौ २०७८, शुक्रवार

यही २७ अगस्टदेखि ओटीटी प्लेटफर्म ‘ओहो !’ मा धुर्मुस सुन्तलीको टिमले तयार पारेको ‘म त मर्छु कि क्या हो’ नामक चलचित्र रिलिज हुने भएको छ । सम्भवतः मुलुकमै पहिलो पटक स्थानीय ओटीटी प्लेटफर्ममा एक्सक्लुसिभ रुपमा नेपाली चलचित्र सार्वजनिक हुन लागेको हो ।

दर्शकले सुबिसु केबल नेट प्रालिको सहायक कम्पनीको रुपमा रहेको ओटीटी एप ‘ओहो !’ मा मात्रै यो चलचित्र हेर्न पाउनेछन् । जसमा ‘प्रभु पे’ भुक्तानी गर्ने एक्सक्लुसिभ माध्यम रहेको छ ।

नेपाल बाहिरबाट चलचित्र हेर्न चाहनेहरूका लागि क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा समेत रहेको सुबिसुका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । कसरी हेर्ने ?

यसका लागि आईओएसका लागि यहाँ र एन्ड्रोइडका लागि यहाँ क्लिक गरी ‘ओहो !’ मुभी एप डाउनलोड गर्नुपर्ने हुन्छ । अब त्यहाँ रहेका मध्ये नेपाली चलचित्र ‘म त मर्छु कि क्या हो’  रोजेर भुक्तानीका लागि प्रभु पे वालेटमा जानुपर्ने हुन्छ ।

त्यसबाट पैसा तिरेर सजिलै ‘ओहो !’ मा रहेको चलचित्र हेर्न सकिन्छ । स्मार्टफोनका लागि एन्ड्रोइड र आईओएसका साथै एन्ड्रोइड टिभीमा समेत यो चलचित्र हेर्न सकिने ‘ओहो !’ मुभिजले जनाएको छ ।

यसैगरी प्रभु पेको मोबाइल एपमा गएर समेत ‘ओहो !’ मुभिजमा धुर्मुस सुन्तलीको चलचित्रको टिकेट खरिद गर्न सकिन्छ । ‘ओहो !’ मुभिजमा रहेका कुनै पनि चलचित्रको टिकेट खरिद गरिसकेपछि २४ घण्टाभित्र हेरिसक्नुपर्ने बताइएको छ ।

सलमान खानको राधे फिल्मसँगै सफ्ट लञ्च भएको ‘ओहो !’ मुभिज धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ सँगै औपचारिक रुपमा सार्वजनिक हुनेछ ।

‘हामीले थलापरेको सिने क्षेत्रलाई नयाँ स्वरूपमा अगाडि बढाउन यो प्रयास सहयोगी हुने विश्वास लिएका छौं,’ अध्यक्ष पराजुलीले भने, ‘यसअघि हलमा रिलिज भएपछि मात्र ओटीटी तथा युट्युबमा रिलिज गर्ने ट्रेन्ड थियो । अहिले हल खुल्न नसकेको अवस्थामा ओटीटीलाई नै गतिलो विकल्पको रुपमा अगाडि बढाउनुपर्छ भन्ने मनसायका साथ हामीले यो अग्रसरता देखाएका हौं । techpana

लोकप्रिय