
हालको राजनीतिक निकास र कांग्रेसको भविष्यको लागि पनि महन्त ठाकुरलाइ प्रधानमन्त्री बनाएर जाँदा समग्र कांग्रेस र सभापति देउवाको राष्ट्रिय राजनीतिमा अझ बलियो स्थान बन्ने छ |
१. महन्त ठाकुर विजय गच्छेदार जस्तै पुर्व कांग्रेसी नै हुन् र यिनको नशामा पनि कांगेसकै रगत बगेको छ | उचित समय र वातावरण मिल्ने हो भने यिनी पनि कांग्रेसमै फर्किने पक्का छ | यसको लागि यही नै सही समय हो | महन्त ठाकुरलाइ प्रधानमन्त्रि स्वीकार गरेर कांग्रेसले राजनीतिक निकास दिने |
२. महन्त ठाकुरलाई प्रधानमन्त्रि बनाउँदा कांग्रेसले एक तिर बाट धेरै सिकार गर्न सक्छ | महन्त ठाकुर लगायतको जसपाको एउटा ठुलो झुण्ड नै कांग्रेसमा विलय हुने सम्भावना प्रवल रहन्छ | यदि महाधिवेसन अगावै यो हुन सके सभापति देउवा झन् बलियो अवस्थामा हुने छन् भने यसले कांगेसलाइ समग्र राष्ट्रिय राजनीति र तराईमा धेरै बलियो बनाउने निश्चित छ |
३. महन्त ठाकुर अहिले कांग्रेस छाडेको कुण्ठा ओकल्न वलीको दैलो चाहार्दै छन् र वलीले ललिपप देखाई रहेका छन् | कांग्रेसले नै महन्त अर्थात् पुराना कांग्रेसीलाइ प्रधानमन्त्री बनाउँदा कांग्रेस छाडेर जानेहरुमा र समग्र तराइ वासीहरुमा कांग्रेसको राम्रो छाप पर्ने छ भने वलीको ठाकुर कार्ड असफल हुने छ |
४. कांग्रेसले कम्युनिष्ट भनाउदा ढोंगीहरुलाई एक हुन दिनुनै हुँदैन | यिनीहरु एक हुनु देश र जनताको लागि धेरै हानिकारक छ भन्ने प्रमाणित भैसक्यो | त्यसैले महन्तलाइ प्रधानमन्त्री बनाउँदा माओवादी सरकारमा आउने र वलीसंग अहिलेको वदला लिनमा लाग्ने छ र यिनीहरुको युद्द झनै चर्कने छ |
५. देउवा र वलीको सेटिंग छ र यिनीहरु दुवैको सहमतिमा संसद विघटन भएको हो भन्नेहरुलाई यो गतिलो झापड हुने छ भने स्वयम् कांग्रेस भित्र यो विषयमा देउवाको खोइरो खन्नेहरुको पनि बोल्ती बन्द हुने छ |
६. अरु सत्ताको लिप्सा र भागबण्डामा लागि रहँदा, वली र प्रचण्ड अर्को युद्दमा फसी रहँदा कांग्रेसले महाधिवेसन र भावी चुनावको तयारी गर्ने समय पाउँछ |
७. करिब १ वर्षको समयमा महन्तले पनि प्रधानमन्त्री भएर कुनै लछार पाटो लगाउने देखिँदैन किनकी तिनदलको मन्त्रीमंडलको भागबण्डा मिलाउँदैमा र आउने चुनावको तयारि गर्दैमा यो सरकारको समय सकिन्छ भने दिर्घकालिन असर गर्ने संबिधान संसोधन गर्न दुइ तिहाको बहुमत यिनले जुटाउन सक्दैनन् | वलीलाई लात हानेर प्रधानमन्त्रि भएपछि महन्तको विधेकलाइ वलीले समर्थन नगर्ने पक्का छ |
८. महन्तले हालका मधेसवादी भनिने दलहरुका मागमा संबिधान संसोधनमा कुनै काम गर्न नसके पछि यिनी अहिले तुरुन्तै कांग्रेस प्रवेस नगरे पनि चुनावमा कांग्रेस प्रवेस गरेर दुइ तिहाइको सरकार बनाउने र संबिधान संसोधन गर्ने नारा लगाउनु पर्ने यिनलाई वाध्यता नै हुन्छ |
९. महन्त प्रधानमन्त्रि हुँदा बाबुराम र उपेन्द्र यादवहरुको प्रधानमन्त्रि हुने सपना लगभग अन्त्य हुन्छ र अहिलेलाई महन्तलाइ प्रधानमन्त्री स्वीकार्नुको यिनीहरुको अर्को विकल्प हुने छैन | कांग्रेसको घोडा छाडेर चुनाव जित्ने र मधेशवादीको धोति ओढेर प्रधानमन्त्री हुने कामै न लाग्ने बाबुरामको राजनीति पनि लगभग अन्त्य हुने छ | वली नेतृत्वको चुनावी सरकार भन्दा महन्त नेतृत्वको चुनावी सरकार समग्र कांग्रेसको लागि राम्रो हुन्छ | आउने चुनावमा महन्तलाइ भावी राष्ट्रपति दिने सम्झौतामा पनि राजपाको एउटा झुण्डलाइ कांग्रेसमा विलय गराउन सकिन्छ |
१०. महन्तलाइ प्रधानमन्त्रि बनाएर अधि बढ्दा देउवालाइ प्रधानमन्त्रि पदको लागि जे सुकै पनि गर्ने र जो सुकैसंग जस्तोसुकै सम्झौता गर्न पछि नपर्ने भन्ने आरोपको अन्त्य हुने छ भने प्रजातन्त्र र विधीको साशनको लागि कांग्रेस र देउवा जुनसुकै त्याग गर्न पनि पछि पर्दैनन् भन्ने सकारात्मक सन्देस प्रवाह हुने छ | मधेसीहरुलाई प्रधानमन्त्रि हुनै दिंदैनन भन्ने रोइलोको पनि अन्त्य हुने छ |
कम्युनिष्ट भनाउदाहरुलाइ एक हुन नदिने, चुनावी गठबन्धन पनि गर्न नदिने, राजपाको एउटा झुण्डलाइ सकेसम्म कांग्रसमै विलय गराएर महाधिवेसनमा जाने र त्यो सम्भव नभए पनि हाललाई प्रधानमन्त्री र आउने चुनावमा महन्तलाइ राष्ट्रपति बनाउने समझदारीमा अघि बढ्ने हो भने आउने चुनावमा कांग्रेसले सजिलै बहुमत लेराउन कसैले रोक्न सक्दैन | अहिले प्रधानमन्त्रि हुनु भन्दा १ वर्ष पछिको चुनावमा स्पष्ट बहुमत लेराएर ५ वर्षको लागि शक्तिशाली प्रधानमन्त्रि हुनु नै देउवा, कांग्रेस र समग्र देशको हितमा हुने छ |मधुकर पाण्डे
लोकप्रिय
-
सर्बोच्च अदालत मा देश भक्त न्यायाधीश हरु हुनुहुदो रैछ हार्दिक बधाई छ नेपाली लाई ।
२७ जेठ २०७८, बिहिवार
-
नुवाकोटमा छहरेमा कांग्रेस का सभापति को जुवाइ टिपरले हानेर मृत्यु ।
१० असोज २०७८, आइतवार
-
मन्त्रालयको पानी पनि न खाने मन्त्री नेपालमै ।
२३ भदौ २०७८, बुधवार
-
कांग्रेस नेता अर्जुन नर्सिङ केसिको आफ्नै पालिकामा सर्बसम्मत।
९ असोज २०७८, शनिवार
अन्य समाचार
-
एक थान कम्प्युटरबाट शुरु भएको सुविसुको यात्रा
२८ असोज २०७७, बुधवार
-
प्रधानमन्त्री ओली र पत्नी राधिकाको कोरोना रिपोर्ट नेगेटिभ
२८ असोज २०७७, बुधवार
-
शेयर बजारमा सुधार, नेप्से फेरि उकालो लाग्दै
२८ असोज २०७७, बुधवार
-
साढे ४ अर्ब रुपैयाँ बढीको शेयर निष्काशन तयारी
२८ असोज २०७७, बुधवार
-
पूर्वकप्तान अनिल भन्छन्- खेलकुद परिषद्को लापरवाही देख्दा मन थाम्न सकेको छैन
२९ असोज २०७७, बिहिवार
-
फ्रान्सको जितमा एमबाप्पे र ग्रिजम्यानको गोल, रोनाल्डोबिनाको पोर्चुगल विजयी
२९ असोज २०७७, बिहिवार