ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

मेलम्चीको पानी आउने तालिका यस्तो छ

Rojjan Raj Pandey १६ चैत २०७७, सोमवार

 करिब ३० वर्ष पहिलादेखि देखिएको  काठमाडौं बासीको सपना आइतबार पुरा भएको छ । काठमाडौंको महाँकालचौरस्थित पुरानो पानी पोखरीबाट उपभोक्ताको घरका धारामा पानी खसालेर मेलम्चीको पानी पिउने काठमाडौं बासीको एउटा बहुप्रतिक्षित सपना विपनामा परिणाम भएको हो ।

हाल पुराना पानीपोखरीहरुमा सिन्धुपाल्चोकको मेलम्चीबाट ल्याइएको पानी भरेर पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र नयाँ पाइपलाइन परीक्षण गरी पानी थप गर्दै लैजाने केयूकेएलले जनाएको छ ।

पहिलो चरणमा चार करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने जनाइएको छ । आइतबारदेखि देवकोटा सडक, बत्तिसपुलली, जयवागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोटहाइट, धनवन्तरीमार्गलगायत क्षेत्रका धाराहरुमा पानी वितरण गरिएको केयूकेएलले जनाएको छ ।

त्यस्तै  दोस्रो चरणमा बालाजु स्थित पानी पोखरीमा ६.५ करोड लिटर, तेस्रो चरणमा बाँसबारी स्थिति र महाराजगञ्ज पानी पोखरीमा ८.५ करोड लिटर पानी र चौथो चरणमा कीर्तिपुर, भक्तपुर ठिमी, भत्तपुर स्थित पोखरीहरुमा समेत गरि १७ करोड लिटर पानी जम्मा गर्ने योजना रहेको छ । यी स्थानमा पानी भारिएपछि काठमाडौं चत्रपथभित्र र आसपासका स्थानमा पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको  छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले जारी गरेको तालिका अनुसार राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरको ट्यांकीबा पानी राति २ बजेदेखि ९ बजेसम्म न्युरोड र क्षेत्रपाटी क्षेत्रमा वितरण गरिने बताइएको छ । 

त्यसैगरि, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुटुबहाल, सिफल, कालोपुल, मालीगाउँ र विशाल नगर क्षेत्रमा वितरण हुनेछ । मध्यान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म भने देवकोटा सडक, बत्तीस पुतली, जय बागेश्वरी, चाबहिल क्षेत्रमा मेलम्चीको पानी आउनेछ ।

 साँझभा भने ७ बजेदेखि ८ बजेसम्म पुनः महांकालचौरीको ट्यांकी भरिनेछ भने त्यसपछि राति ८ बजेदेखि १२ बजेसम्म मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा पानी आउनेछ । 

यस्तै दोस्रो दिन राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरेर २ देखि बिहान ८ बजेसम्म इनबहाल, ज्याठा, भोटाहिटी, कमलाक्षी र नक्साल क्षेत्रमा मेलम्चीको पानी आउने केयुकेएलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।

त्यस्तै, ८ बजेदेखि १० बजेसम्म ट्यांकी भरेर १० देखि ४ बजेसम्म बानेश्वर, सिनामंगल, मिलनचोक र संगम चोक क्षेत्रमा पानी आउनेछ । यस्तै बिहान १० बजेदेखि ४ बजेसम्म नै जय बागेश्वरी, मित्र पार्क, चावहिल, रातोपुल, कालीमाटीमा पानी आउने बताइएको छ । 

यस्तै अपरान्ह ४ बजेदेखि ५ बजेसम्म ट्यांकीमा पानी भरेर फेरि साँझ ५ देखि मध्यराति १२ बजेसम्म  चारखाल, डिल्लीबजार, कमलादी, बागबजार, त्रिपुरेश्वर क्षेत्रमा पानी आउनेछ । 

पानी आउने दिनको पहिलो दिनमा आइतबार र दोस्रो दिनमा सोमबार मान्दा त्यसको एक दिन बिराएर धारमा पानी आउनेगरी तालिका बनाइएको छ । 

काठमाडौं उपत्यकामा अब दैनिक वा दिन विराएर पानी पठाउने केयुकेएलले जनाएको  छ । पानी आउने दैनिक सूचना केयुकेएलका विभिन्न शाखाहरुको फेसबुक, जनसम्पर्क इकाइहरुबाट उपलब्ध हुने जनाएको छ । यदि ग्राहकको धारामा पानी नआएका केयुकेएलले इमेल मार्फत वा फोन मार्फत जानकारी गराउन समेत अनुरोध गरेको  छ aarthiknews

लोकप्रिय