ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

मेस्सी पिएसजीको टोलीमै परेनन्

Madhukar Pandey ३१ साउन २०७८, आइतवार

मेस्सी आइतबार विहान (शनिबार राती) हुने स्ट्रासबर्गविरुद्ध लिग खेलको लागि पिएसजीको टोलीमा नै परेका छैनन् । प्रशिक्षक माउरिसियो पोचेटिनोले घोषणा गरेको २२ सदस्यीय टोलीमा मेस्सीसँगै डिफेन्डर सर्जियो रामोसले पनि स्थान बनाउन सकेनन् । यसै सिजन भित्रिएका गोलरक्षक जियानलुइजी डोनारुम्माले पनि डेब्युका लागि प्रतिक्षा गर्नुपर्ने भएको छ ।

टोलीमा भर्खर अनुबन्ध भएका डिफेन्डर अक्रफ हाकिमी र मिडफिल्डर जिओर्जिनिओ वाइनाल्डम भने टोलीमा समेटिएका छन् । ब्राजिलियन स्टार नेयमार, डिफेन्डर मार्किन्हस, मिडफिल्डर मारको भेराट्टी र डिफेन्डर लिएन्द्रो पारेडेस पनि टोलीमा रहेका छैनन् । युरो र कोपा अमेरिकामा व्यस्त रहेका यी खेलाडी केहि समय प्रशिक्षणपछि मात्र टोलीमा फर्कनेछन् ।

झन्डै आधा दर्जन स्टार खेलाडी टोलीमा नहुँदापनि पिएसजीले बलियो टोलीको घोषणा गरेको छ । पिएसजीले ट्रान्सफर विन्डो अन्त्य हुनुअघि केहि खेलाडी बेच्नुपर्ने छ । त्यसैले पनि टोलीका मुख्य खेलाडीलाई विश्राम दिएको आँकलन गरिएको छ ।

पिएसजीको २२ सदस्यीय टोली :

नाभास, रिको, फ्रान्ची, हाकिमी, किम्पेम्बे, डियालो, केहरर, बित्शिआबु, बितुमाजाला, राफिन्हा, ड्यानिलो, वाइनाल्डम, हरेरा, ड्राक्सलर, सिमोन्स, घारबी, एबिम्बे, मिचुत, सराबिया, इकार्डी, एमबाप्पे र कालिमुएन्दो hamrokhelkud

लोकप्रिय