
देश को मुहार फेर्ने र नेपाली को गास बास कपासको सुनिस्चित गर्ने हेतु बि पि ले जन्माएको कांग्रेस एक पुस्तामै पद र सत्ताको लोभमा परि आफ्नो द्लका नेतालाइ आफ्नै दल का नेताले अबमुल्याङ्कन गर्ने खालका आचरण र अभिव्यक्ति दिन थालेको सन्जालमा देखिएका छ्न।
कांग्रेस भित्रको नेताहरुमा एक आपसमा असमझदारी र अब्यबहारिक हठ र जिद्दी स्वभावले एस्को फाइदा तत्कालै गठबन्धन पार्टीकै अध्यक्ष प्रचण्डले लिए।
कांग्रेस भित्र नेतृत्व हत्याउने बिसयमा एकमत नहुदा अथवा आन्तरिक कुरो छताछुल्ल बाहिर आउँदा अन्य दलले खेल खेल्न सफल भए, फलस्वरूप कांग्रेसले रास्ट्रपति लगाएत महत्वोपुर्ण पदहरु मन्त्री लगायत संबैधानिक पदहरु बिमुख भएको छ।
कांग्रेसले आफु कम्जोर छु र जनतामाझ एक्लै चुनाबमा जान डराउनु नै मुख्य कमजोरी भएको थियो। पार्टी सभापति र केहि उहाँका नजिकका नेताहरुको आन्तरिक सल्लाह अनुसार गठबन्धन लाइ जोड दिएको परिणाम कांग्रेस पैलो दल त बन्यो तर एमाले लाइ धेरै पछि पार्न सकेन कांग्रेसले देसै भर कम सिटमा चुनाब लड्दा ठुलो घाटा बेहोर्नु पर्यो कांग्रेसले एसै जितिरहेको स्थान मा माओवादी र एस मदेश बादि दल लाइ छोड्दा अपुरणिय क्षति हुन पुग्यो।
नेपाली कांग्रेसमा ऐले जितेका माननियहरु युवा र नबिन जोस भएका र पाका राजनीति पृष्ठभुमि भएका अब्बल नेताले भरिएका छ्न काम गर्न र राजनीति बुजेका नेताहरुले गर्दा सरकार चलाउदा समेत राम्रो परिणाम आउने थियो । पैलो दल हुदा समेत कुटनैतिक दाउ पेच खेल्न न सक्नु र त्याग्न नसक्नु को कारण सत्ता गुमेको छ। परिस्थिति असमान्य हुँदा एक कदम पछाडी फर्कदा धेरै फाइदा हुने थियो एसो गर्नु पर्थ्यो र एसैमा भलाइ थियो एसैमा कांग्रेस चुक्दा देश हारेको छ, कार्यकर्तामा जोस जागर मरेको छ। देश को अर्थ तन्त्र अब धोस्त हुने प्राय निश्चिति छ।
यस कारण कांग्रेस भित्र ठुला नेताहरुको कार्यकर्ता माझ सन्जालमा ब्यापक असन्तुष्टिले भरिएका तर्क हरु एकसाथ आए । एस्ले कांग्रेस लाइ नै क्षति गर्ने हो अरुलाइ मल जल गर्ने हो। आज मेलमिलाप दिबसको अबसरमा तिता मिठाकुरो बिर्सेर कांग्रेस ससक्त प्रतिपक्षको भुमिकामा उभिएर जनता माझ रहि काम गर्नु पर्ने देखिएको छ।
केपि ओलि सरकारले गरेको अलोकतान्त्रिक कदम लाइ गत सरकारले बिर्साउने समेतका गलत काम गरे यानिकि कुनै लोकप्रिय काम गर्न सकेन मुल्यबृद्वि आकासियो अर्थ तन्त्र कोल्याप्स हुन बाट मात्रै जोगियो बजेट घाटा पुरै बिकराल अबस्थामा पुग्दा पनि अर्थ मन्त्री फेर्न नसक्नु देउवाको ठुलो कम्जोरि थियो । सर्मा संग देउवाको लगन गाठो मिलेको कारण राजिनामा दिएकालाइ समेत पुन नियुक्ति गर्नु उन्को लाइ अभिसाप तेहि बाट सुरु भएको थियो।
बर्सामान पुन लगाएत एस पटक मन्त्री हुन नपाएका नेताहरू लगातार ओलि र चिन को दुत बनेर प्रचण्डलाइ कम्युनिस्ट एकताको कान भरिरहेका र गठबन्धन टुटाउन हरपल लागिरहे फल स्वरुप जनार्दन मार्का असफल भए भने देब गुरुङ नारायण काजि बर्सामान हठात समीकरण परिबर्तन गर्न सफल भए। बर्सामान त स्वास्थ उपचारको नाममा चिनि नेताहरूलाइ भेट गरेर आए। आएकै भोलि पल्ट कुनै नैतिकता न देखाइ कांग्रेसको मत लिएर तेस्रो दल बनेका पुस्पकमल दहाल उर्फ ( प्रचण्ड ) एमाले , स्वतन्त्र र राप्रपा सहित केहि दलको समर्थनमा प्रधानमन्त्री नियुक्ति भए।
कांग्रेसलाइ यसरी छक्याउन सफल प्रचण्ड राजनीतिमा भने अब हार्ने छ्न उन्लाइ अब कुनै पनि दलले बिश्वास गर्ने छैन भरोसा गर्ने छैनन उनि कुर्सिको लागि इमान जबान नैतिकता सबै तिलान्जलि दिन सक्ने कुनै पनि बेला युटर्न लिन सक्ने नराम्रो छबि भएका नेताको ट्याग लाउन सफल भएको छ्न।
देशको बिसम राजनीति परिस्थितिमा दलहरुको एउटै मिसन रास्ट्र बचाउ अभियानमा एकै साथ हुनु पर्नेमा कुर्सिको लागि प्रचण्डले खेलेको अपत्यारिलो अमर्यादित काम को फल उन्ले छिटै पाउने छ्न ।
पर्खर हेर राजनीति हो कुनै पनि बेला कांग्रेसले नै सरकार चलाएर देश अगाडि बडाउने दिन आउछ। कम्युनिस्ट संग न सिद्धान्त छ न बिचार छ न भिजन छ। देश हित भन्ने कुन चरिको नाम कम्युनिस्टलाइ था छैन तेसैले कांग्रेस अब आफ्नो मातृ भुमिको रक्षाको लागि एक जुट भएर नयाँ सिरा बाट राजनीति गर्नु पर्ने देखिन्छ ।
राजनीति पृष्ठभुमि भएका सत्ता बाहिर भए भने भर्खर राजनीति दल खोलेका लाइ भए भरपुर फाइदा लिए। भाइ फुटे गवार लुटेको सिद्धान्त लागु भएको छ
मधुकर पाण्डे ।
लोकप्रिय
-
सर्बोच्च अदालत मा देश भक्त न्यायाधीश हरु हुनुहुदो रैछ हार्दिक बधाई छ नेपाली लाई ।
२७ जेठ २०७८, बिहिवार
-
नुवाकोटमा छहरेमा कांग्रेस का सभापति को जुवाइ टिपरले हानेर मृत्यु ।
१० असोज २०७८, आइतवार
-
मन्त्रालयको पानी पनि न खाने मन्त्री नेपालमै ।
२३ भदौ २०७८, बुधवार
-
कांग्रेस नेता अर्जुन नर्सिङ केसिको आफ्नै पालिकामा सर्बसम्मत।
९ असोज २०७८, शनिवार
अन्य समाचार
-
एक थान कम्प्युटरबाट शुरु भएको सुविसुको यात्रा
२८ असोज २०७७, बुधवार
-
प्रधानमन्त्री ओली र पत्नी राधिकाको कोरोना रिपोर्ट नेगेटिभ
२८ असोज २०७७, बुधवार
-
शेयर बजारमा सुधार, नेप्से फेरि उकालो लाग्दै
२८ असोज २०७७, बुधवार
-
साढे ४ अर्ब रुपैयाँ बढीको शेयर निष्काशन तयारी
२८ असोज २०७७, बुधवार
-
पूर्वकप्तान अनिल भन्छन्- खेलकुद परिषद्को लापरवाही देख्दा मन थाम्न सकेको छैन
२९ असोज २०७७, बिहिवार
-
फ्रान्सको जितमा एमबाप्पे र ग्रिजम्यानको गोल, रोनाल्डोबिनाको पोर्चुगल विजयी
२९ असोज २०७७, बिहिवार