ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

नेप्से भनेको के हो ? नेप्से परिसूचक कसरी निर्धारण गरिन्छ । सेन्सेटिभ परिसूचक भनेको के हो ?

Rojjan Raj Pandey २६ भदौ २०७८, शनिवार

नेप्से भनेको के हो ? नेप्से परिसूचक कसरी निर्धारण गरिन्छ ?  सेन्सेटिभ परिसूचक भनेको के हो ?
शेयर बजारको व्यवस्थापन गर्ने नेपालको एकमात्र संस्था नेपाल स्टक एक्सचेञ्जको छोटकरी रूप नै नेप्से हो । शेयर बजारको पूँजीकरणको मापन गर्नका निम्ति नेप्से परिसूचक (इण्डेक्स) गणना गरिन्छ । यसले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै कम्पनीको पूँजीकरण घटेको वा बढेको सङ्केत गर्दछ ।

कुनै दिनको अन्तिम मूल्यलाई सम्बन्धित कम्पनीका
सम्पूर्ण शेयरको सङ्ख्याले गुणन गरी सबैको
गुणनफललाई जोडेर बजार पूँजीकरण निकालिन्छ ।
यसैलाई नेप्सेमा सूचीकृत सम्पूर्ण शेयर सङ्ख्याले
भाग गरेर नेप्से परिसूचक निकालिन्छ । नेप्से परिसूचक बढयो भने सामान्य अर्थमा बजारमा शेयरको माग बढेको भन्ने बुझिन्छ । त्यसले देशको आर्थिक उन्नतिको शुभ लक्षण दिन्छ । अतः नेप्से बढ्न शुरू हुँदा सामान्यतया शेयर किन्ने गरिन्छ । यो परिसूचक घटनुको
अर्थ लगानीकर्ता निराश भएको वा लगानी गर्न अनिच्छुक भएको तथा देशको आर्थिक अवस्था बिग्रँदै गएको भन्ने बुझिन्छ ।

नेप्से घट्न शुरू भएपछि जतिसक्दो छिटो बेचेर
बढी पैसा प्राप्त गर्न सबै लगानीकर्ता इच्छुक हुन्छन् ।
नेप्सेमा सूचीकृत भएका 'क' वर्गमा वर्गीकृत कम्पनीको अन्तिम मूल्यको आधारमा निकालिएको परिसूचकलाई सेन्सेटिभ परिसूचक भनिन्छ । यो परिसूचक निकाल्दा माथि वर्णन भएको विधिमा केवल 'क' वर्गका कम्पनीलाई मात्रै समावेश गरिन्छ । शेयर मूल्यमा
भएको कमीले परिसूचकलाई घट्छ भने वृद्धिले
परिसूचक पनि बढ्छन् ।

यी परिसूचकको घटबढले शेयर बजारको पूँजीकरणमा असर पार्दछ ।

लोकप्रिय