
बलात्कार आराेपमा पक्राउ परेका पल शाहकाे विषयमा यूट्युव च्यानल मार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका–८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका–४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी वतन भएका २७ वर्षीय निशान चिलवाल रहेका छन् ।
हरिले ‘नेपाल मिडिया’ र निशानले ‘विशाल नेपाल’ नामक यूट्युव च्यानल मार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गरेकाे साइबर ब्यूरोकाे आराेप छ ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७/७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।imagekhabar
लोकप्रिय
-
सर्बोच्च अदालत मा देश भक्त न्यायाधीश हरु हुनुहुदो रैछ हार्दिक बधाई छ नेपाली लाई ।
२७ जेठ २०७८, बिहिवार
-
नुवाकोटमा छहरेमा कांग्रेस का सभापति को जुवाइ टिपरले हानेर मृत्यु ।
१० असोज २०७८, आइतवार
-
मन्त्रालयको पानी पनि न खाने मन्त्री नेपालमै ।
२३ भदौ २०७८, बुधवार
-
कांग्रेस नेता अर्जुन नर्सिङ केसिको आफ्नै पालिकामा सर्बसम्मत।
९ असोज २०७८, शनिवार
अन्य समाचार
-
एक थान कम्प्युटरबाट शुरु भएको सुविसुको यात्रा
२८ असोज २०७७, बुधवार
-
प्रधानमन्त्री ओली र पत्नी राधिकाको कोरोना रिपोर्ट नेगेटिभ
२८ असोज २०७७, बुधवार
-
शेयर बजारमा सुधार, नेप्से फेरि उकालो लाग्दै
२८ असोज २०७७, बुधवार
-
साढे ४ अर्ब रुपैयाँ बढीको शेयर निष्काशन तयारी
२८ असोज २०७७, बुधवार
-
पूर्वकप्तान अनिल भन्छन्- खेलकुद परिषद्को लापरवाही देख्दा मन थाम्न सकेको छैन
२९ असोज २०७७, बिहिवार
-
फ्रान्सको जितमा एमबाप्पे र ग्रिजम्यानको गोल, रोनाल्डोबिनाको पोर्चुगल विजयी
२९ असोज २०७७, बिहिवार