ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

पूनरागमन जित निकाल्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

Madhukar Pandey २२ वैशाख २०७९, बिहिवार

रियल इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई सेमिफाइनलको दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ को पूनरागमन तथा समग्रमा ६–५ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेगमा ३–४ ले पछि रहेको रियल दोस्रो लेगको खेलको अन्त्यतिर ३–५ को स्थितिमा रहँदा च्याम्पियन्स लिगबाट बाहिरिने संघारमा पुगेको थियो ।

तर, इन्ज्युरी समयको अन्त्यतिर ब्राजिली फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गर्दै सर्वाधिक १३ पटकको च्याम्पियन रियललाई फाइनलको बाटो देखाए । दोस्रो लेगमा सिटीका लागि रियाद महारेजले एक गोल फर्काए ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको ७३औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई दोस्रो लेगमा १–० को अग्रता दिलाए । त्यसपछि जिततर्फ अग्रसर बनेको सिटीविरुद्ध रोड्रिगोलको दुई मिनेटमा अन्तरमा दुई गोल गर्दै रियलको सम्भावना जीवित राखे ।

६८औं मिनेटमा टोनी क्रुसको स्थानमा मैदान छिरेका रोड्रिगोले ९०औं मिनेटमा करिम बेन्जेमाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । लगत्तै रोड्रिगोले नै मार्काे एसेन्सियोको पासमा गोल गर्दै खेलमा २–१ को अग्रता लिदा खेल समग्रमा ५–५ गोलको बराबरीमा पुग्यो ।

त्यसपछि अतिरिक्त समयको पाँचौ मिनेटमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । रुवेन डियासले पेनाल्टी बक्समा फउल गर्न पुगेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गर्दा यो सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता १५ गोल पु¥याएका बेन्जेमा चुकेनन् । त्यसपछि लगातार दवा खेपेको घरेलु टोलीलाई त्यो दवाव थेग्दै जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।

अब रियलले उपाधिका लासग २९ मे मा इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ । लिभरपुलले मंगलबार राति स्पेनिस क्लब भिल्लारियललाई समग्रमा ५–२ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।hamrokhelkud

लोकप्रिय