
दुई–तीन साताअघिको घटना होला। मैले सामाजिक सञ्जालमा देशको खेलकुदको घर, अझ मजस्तो फुटबल खेलाडीको कर्मथलो दशरथ रंगशालाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको देखेँ। रंगशालामा मान्छेहरूको जमघट भयो।
रंगशालामा मानिसहरूको भीड देख्दा मजस्ता धेरै नेपाली फूटबलप्रेमीको मन खुशीले दङ्ग परेको थियो। अब रंगशालामा खेलकुद सुरु हुन्छ अनि खेलेर जिविकोपार्जन गर्न पाइन्छ भनेर मनमा आशा पलाएको थियो।
तर, त्यो तस्वीर राम्ररी नियाल्दा थाहा भो त्यहाँ कुनै खेलको तयारी होइन, कुनै सांगीतिक कार्यक्रम वा फिल्मको सुटिङ भइरहेको रहेछ। यो थाहा पाउँदा कोरोनाले थलिएको हामी फुटबल खेलाडीको मन नमज्जाले बजारिन पुग्यो।
कस्तो लापरवाही, रंगशालामा खेल सञ्चालनको अनुमती नदिने सरकारले सुटिङका लागि भने भाडामा मैदान दिएको देख्दा मन थाम्न सकिन।
कोरोनाले कामबिहीन भएर आर्थिक संकटबाट गुज्रिरहेका खेलाडीहरुको अनुहार आँखामा आयो। अति नै दुःख लागेर आयो। कोभिडको कहरले देशमा खेलकुद गतिविधि ठप्प भएको सात महिना बितिसक्यो।
सबैलाई गाह्रो छ, सरकार नि देश र नागरिकलाई कोरोनाको कहरबाट जोगाउँ भनेर लागेको छ।
खेलकुद परिषद् र एन्फा लाचार छन् भनेर मन बुझाउँदै थिएँ। तर, यस्तो चरम लापरवाही देख्दा यो मनलाई थाम्न सकिनँ र आफ्नो मनको भावना पोख्न चाहेँ।
खेलकुद पूर्णरुपमा सुचारु गरौं भन्दा कोरोनाको बाहना देखाउने खेलकुद परिषद्जस्तो जिम्मेवार निकायले म्युजिक भिडियो र फिल्म छायाँकनको लागि रंगशाला खुलाउनु अति नै लज्जाजनक लाग्यो। दुःखी नि बनायो र म यस्को घोर भर्त्सना गर्छु।
एन्फाको यस्तो समझले देशको खेलकुदले कहिल्यै पनि प्रगती गर्छ जस्तो मलाई लाग्दैन। देशको खेलकुदको प्रगति नहुनुमा जहिले पनि खेलाडीको क्षमतामा दोष दिने गरिन्छ।
तर, देशको खेलकुद निकायको यस्तो लाजमर्दो कृत्यले खेलाडीलाई बलिको बोका बनाइएको हो भन्ने प्रष्ट हुन्छ।
देशमा बल्लतल्ल सुचारू भएको फुटबल लिग पनि २–३ महिनाको अवधिमा सकिने सकिने गरेको छ। ३ महिनापछि खेलाडी बेरोजगार हुन्छन्। जबकि सारा संसार भरी खेलाडीको आम्दानीको साहरा भनेकै लिग सिजन हो। अझ भन्नुपर्दा राष्ट्रिय टोलीलाई मजबुत बनाउने महत्वपूर्ण पक्ष नै लिग गेम हो। हामीकहाँ खेल हार्यो कि खेलाडीलाई लागि गालीगलौच गर्ने गरिन्छ।
जबकी राष्ट्रिय टोलीका खेलाडीहरुले वर्षमा जम्मा २–३ महिना मात्र प्रतिस्पर्धा गर्न पाएका हुन्छन्। यो कुरा कसले बुझ्ने? एन्फा, खेलकुद परिषद जस्तो जिम्मेवार निकाय नै गैरजिम्मेवार भएपछी हामी खेलाडीले कसकसलाई अनि कहाँ गुहार्ने?
हाम्रो अविभावक भनेकै यिनै संस्थाहरु हुन्। यिनीहरुको गलत निर्णय र गैरजिम्मेवारीले गर्दा हामीलाई टुहुरो भएको अनुभुती पनि नभएको होईन।
यस्तै गतिविधिका कारण सानो बालबालिकाले खेलाडी बन्ने सपना सुनाए भने हामी निःशब्द बन्नुपर्ने स्थिति छ। डर लाग्छ, उनीहरुको भविष्य पनि हाम्रोजस्तै अलपत्र बन्ने हो कि? त्यही भएर मैले आजभोलि कसैलाई खेलाडी बन्न प्रोत्साहन गर्ने गरेको छैन।
मनमा धेरै कुरा छन्, निरासा छन् तर भोलि अवश्य राम्रो हुन्छ भनेर आशा पनि छ। भोलि राम्रो बनाउन हामीले आफ्नो जिम्मेवारी निभाउन जरुरी छ र अहिलेलाई खेलकुदलाई व्यवस्थित तरिकाले सुचारु गर्नु जरुरी छ।
खेल सुचारु गर्नु भनेको खेलाडीको घरमा चुलो बाल्न सहयोग गर्नु हो। आजको एक गलत निर्णयले नेपाली खेलकुदको भविष्यलाई अँध्यारोमा धकेल्नु हुन्न। भोलि आउने पुस्तालाई खेलकुदमा प्रोत्साहन गर्न आज राम्रो कदम उठाउन जरुरी छ।
लोकप्रिय
-
सर्बोच्च अदालत मा देश भक्त न्यायाधीश हरु हुनुहुदो रैछ हार्दिक बधाई छ नेपाली लाई ।
२७ जेठ २०७८, बिहिवार
-
नुवाकोटमा छहरेमा कांग्रेस का सभापति को जुवाइ टिपरले हानेर मृत्यु ।
१० असोज २०७८, आइतवार
-
मन्त्रालयको पानी पनि न खाने मन्त्री नेपालमै ।
२३ भदौ २०७८, बुधवार
-
कांग्रेस नेता अर्जुन नर्सिङ केसिको आफ्नै पालिकामा सर्बसम्मत।
९ असोज २०७८, शनिवार
अन्य समाचार
-
एक थान कम्प्युटरबाट शुरु भएको सुविसुको यात्रा
२८ असोज २०७७, बुधवार
-
प्रधानमन्त्री ओली र पत्नी राधिकाको कोरोना रिपोर्ट नेगेटिभ
२८ असोज २०७७, बुधवार
-
शेयर बजारमा सुधार, नेप्से फेरि उकालो लाग्दै
२८ असोज २०७७, बुधवार
-
साढे ४ अर्ब रुपैयाँ बढीको शेयर निष्काशन तयारी
२८ असोज २०७७, बुधवार
-
नेपाली कामदारलाई सहयोग गर्न मलेसियाका तीन सहरमा एनआरएनएको स्वयम् सेवक
२९ असोज २०७७, बिहिवार
-
फोरजीका लागि टेलिकमले पायो १८०० ब्याण्डमा थप ५ मेगाहर्ज फ्रिक्वेन्सी
३ कार्तिक २०७७, सोमवार