रुपैडिहाबाट भारतको गोवातर्फ जादै गरेको बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु

Rojjan Raj Pandey १९ भदौ २०७९, आइतवार

रुपैडिहाबाट भारतको गोवातर्फ जादै गरेको बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशको बाराबंकी जिल्लाको रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक बस दुर्घटना भएको छ ।

दुर्घटनामा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं ५ का फत्ते थारुका छोरा प्रेम थारु, मुकेरु थारुका छोरा शीतल थारु र रेशमबहादुर ओलीका छोरा चक्रबहादुर ओली रहेको छन् ।

लोकप्रिय