
सागर पाण्डेय । २६ मंसिर २०७७२६ मंसिर २०७७, शुक्रवार२६ मंसिर २०७७, शुक्रवार
सपना नै बिचारको चाबी ! सान्सारिक प्रगतिको कुरा होस या अध्यात्मिक जागरणको सपनाले ठुलो योगदान पुर्याएको देखिन्छ, हामी मुर्छित हुँदा पनि सपना देख्न सकिने अस्तित्वको कस्तो ब्यबस्था होला ! सपना चलचित्र सरह हुन्छ तर सुत्ने बितिकै सपना देख्ने पनि होलान् तर सपना देखाउने र देख्ने हो ? तपाईं त आँखा चिम्लेर , कान थुनेर आफुलाइ बिस्तरामा समर्पित गरिदिनु भएको थियो । शरीरको प्रणालीलाई स्वचालित बनाउने चाबी भने प्राण वायुको नै हुनुपर्छ भन्ने मेरो आफ्नो बुझाइ छ ।
दिनचर्या कस्तो छ ? मन कहाँ कहाँ आकर्षित हुन्छ , चहाना के राखिन्छ अथवा अति नै घृणा गर्ने बस्तु के हुन वा को सङ अति वैमनस्य छ सायद तिनैलाइ अचेतन मन द्वारा मान्छेलाइ अप्रत्यक्ष सन्तुष्टि दिन ,प्रेरणा दिन वा सुचित गर्न सायद सपना देखाइएको हुनुपर्छ भन्ने मेरो ठम्याइ छ। छिटो निदाउन सक्ने कला भएकालाई निद नलाग्नेहरुको नजरमा ठुलो सम्मान जान्छ , दिनभरिको थकानको बोझलाइ रित्याइदिइ ज्यान मन हल्का गरिदिने पनि निद नै हो सायद त्यसैले डाक्टर र मनोचिकित्सक पनि बिरामीको प्रकृति हेरि निदाउने औसधि लेखिदिन्छन , र मनमा कुरा नखेलाउन सुझाउछन । के मन उडिरहनु नराम्रो कुरा होला त ? अह कदापि नराम्रो होइन तर त्यो मनले शैतानको रुप धारण गर्न नसकोस ।
यसरि भन्दा के बुझिएला ? मान्छे सुख सुबिधा प्राप्ति प्रती आफ्नो धारणा निर्माण गरेको हुन्छ र कसरी प्राप्त गर्न सकिन्छ भनेर हर हमेशा सोचिरहन्छ तर उस्ले कस्तो प्रकृतिको काम गरिरहेको छ त ? ती काम गर्दा कति सोच्नु पर्छ ? यदि शारीरिक श्रम संबेदनसिल छ भने उस्को मन ध्यान त्यतै जान्छ तर छैन भने उस्ले मन सोचेर आनंद लिन तिर दौडाउछ। धर्म शास्त्रले पनि सपनाका फल र अवगुण सम्बन्धमा प्रष्टयाएको छ , तर फल कस्ले पाउछ , कसैले नराम्रा परिणाम मात्रै , किन हुन्छ यस्तो ? सायद त्यो आत्मिक कुरामा जोडिएको हुनुपर्छ । सपना देख्न छाडियो भने के हुन्छ ? कसैले भन्छन मैले सपनै देख्दिन , के यो सम्भव छ ? या देखेको सपनालाई प्राथमिकता पनि दिदैन वा बिउझिने बित्तिकै भुल्ने गर्छ , वा त्यस्को भित्री सपनाको थियटर स्वमकै कारण बन्द गराइएको छ । सपनामा मान्छे आकासमा उडिरहेको देखिन्छ, सुन्दरीहरु सङ जवानिको उर्जा उत्साह साटिरहेको देखिन्छ , नदेखेका, नपुगेका ठाँउमा पुगिरहेको हुन्छ तर कतिपय सपना अर्कोलाइ सुनाउन नसकिने खालका पनि देख्छ , के सपना नै सोचको परिणाम हुन ? सोधियो भने मैले त यसबारेमा बिल्कुल सोचेको थिएन भन्छ ।
तर सपना आयो कहाँबाट भनिन्छ यो अचेतन मनकै काम हो , हामी निदाउदा पनि त्यो जागृत हुन्छ रे त्यो अचेतन मनको प्रभाव जान्न खोज्ने र त्यसैलाइ बिचार द्वारा निर्देशित गर्न सकिन्छ वा सकिँदैन ? यस सम्बन्धमा सायद कमैले सोच्दछन वा यसो भनौ मिठो र सुपाच्य सपना मात्रै देख्न विधि बिकास गर्न सकिँदैन जस्ले हाम्रो उर्जालाई अनावश्यक खर्च गरिदिन्छ । सायद यो पनि बिचारकै कुरा हो । सपनालाई साच्चिकै बिपनामा प्राप्त गर्न सकिन्छ लाग्छ हामीले सपनामै देवि देउताको दर्शन पनि बडो हार्दिकतापुर्बक गरिरहेका हुन्छौ र त्यसपछि राम्रो दिनको शुभ लाभको अपेक्षा गर्छौ , यी चहाना किन पैदा हुन्छन् मलाई लाग्छ मान्छेको जिवनको रहस्य सारा सपना भित्रै छ जस्ले स्वभावको निर्माण गर्न मद्दत गर्छ , सपनाको एक्सरे गरियो भने मानिसका धेरै रोग निको हुन्छन होला । सपना देखेरै सुत्र पत्ता लागेको पनि पढ्न पाइन्छ , सायद जस्ले दिन रात नभनेर काम गर्छ र समाधानको लागि सोचिरहन्छ सायद त्यस्तालाइ अप्रत्यक्ष सङ्केत प्राप्त हुन्छ र त्यही आधारमा उस्ले प्राथमिक तरिकाले त्यसलाइ ब्यबहारिक रूपमा उतार्छ र सफलता प्राप्त गर्छ ।
कहिलेकाही सपना पनि एकै रातमा भिन्न भिन्न देखिन्छन् तर तिनीहरुलाई जोडी अर्थ निकाल्न गाह्रो हुन्छ , किस्ताबन्दीमा देखिने सपनाले स्मरणमा झ्याप्प आउन पनि अफ्ट्यारो मान्छन तर सपना निशुल्क देख्न सकिने गरिबको औजार हो भन्छु , अतृप्तहरुको खाचो टार्ने माध्यम हो , जिज्ञासासुको लागि भणडार हो । तर यसको सदुपयोग सम्बन्धमा भने हाम्रो शिक्षा मौन छ । अस्तु: सागर पाण्डेय काठमाडौं ,
लोकप्रिय
-
सर्बोच्च अदालत मा देश भक्त न्यायाधीश हरु हुनुहुदो रैछ हार्दिक बधाई छ नेपाली लाई ।
२७ जेठ २०७८, बिहिवार
-
नुवाकोटमा छहरेमा कांग्रेस का सभापति को जुवाइ टिपरले हानेर मृत्यु ।
१० असोज २०७८, आइतवार
-
मन्त्रालयको पानी पनि न खाने मन्त्री नेपालमै ।
२३ भदौ २०७८, बुधवार
-
कांग्रेस नेता अर्जुन नर्सिङ केसिको आफ्नै पालिकामा सर्बसम्मत।
९ असोज २०७८, शनिवार
अन्य समाचार
-
एक थान कम्प्युटरबाट शुरु भएको सुविसुको यात्रा
२८ असोज २०७७, बुधवार
-
प्रधानमन्त्री ओली र पत्नी राधिकाको कोरोना रिपोर्ट नेगेटिभ
२८ असोज २०७७, बुधवार
-
शेयर बजारमा सुधार, नेप्से फेरि उकालो लाग्दै
२८ असोज २०७७, बुधवार
-
साढे ४ अर्ब रुपैयाँ बढीको शेयर निष्काशन तयारी
२८ असोज २०७७, बुधवार
-
पूर्वकप्तान अनिल भन्छन्- खेलकुद परिषद्को लापरवाही देख्दा मन थाम्न सकेको छैन
२९ असोज २०७७, बिहिवार
-
फ्रान्सको जितमा एमबाप्पे र ग्रिजम्यानको गोल, रोनाल्डोबिनाको पोर्चुगल विजयी
२९ असोज २०७७, बिहिवार