स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात प्रहरी घाइते

Madhukar Pandey ३१ असोज २०७८, आइतवार

रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गएराति बागबजारमा भएको झडपमा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित सात जना घाइते भएका छन् ।

घाइते प्रहरी सहायक निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बाँकी जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मुसिकोट नगरपालिका वडा नं. २३९२ बागबजार नजिकै रा १ ख २३९२ नम्बरको ट्रक पार्किङ हुँदा प्रहरी र युवाबीच झडप भएको हो। १ जना लाई ढुंगा र बियरको गिलासले प्रहार गरिएको थियो ।

घटनामा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको छ । चार जना फरार भएका छन् ।

लोकप्रिय