ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

सावित्राले पाइन् आफ्नै नाम

Rojjan Raj Pandey ७ भदौ २०७९, मङ्गलवार

घुम्ती टोलीले नागरिकतामा जथाभावी नाम लेखिदिँदा अपमानित जीवन बिताइरहेकी ताराखोला गाउँपालिका–४ की सावित्रा कामीले ३५ वर्षपछि आफ्नै नाममा नागरिकता पाएकी छन् । ५६ वर्षीया सावित्राको नागरिकतामा नाम ‘कुकुर्नी कमिनी’ लेखिएको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले सावित्रालाई सोमबार नागरिकताको प्रतिलिपि प्रमाणपत्र दिएका हुन् । राज्यको कानुन र निर्देशनअनुसार नागरिकता संशोधन गराएर वितरण गरिएको पौडेलले बताए । अपमानित नामका विषयमा समाचार प्रकाशन भएपछि गृह मन्त्रालयले नाम संशोधन गर्न निर्देशनसहित सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो ।

नागरिकता पाएपछि सावित्रासँगै रहेका उनका पति हस्तराम, छोरा भविलाल र छोरीले खुसी व्यक्त गरे । ‘सबैले कुकुर्नीको परिवार भनेर अपमान गर्थे, अब त सावित्रा नामले बोलाउँछन् होला,’ हस्तरामले भने, ‘नातागोताले पनि नाक खुम्च्याउँथे, 

बागलुङ — घुम्ती टोलीले नागरिकतामा जथाभावी नाम लेखिदिँदा अपमानित जीवन बिताइरहेकी ताराखोला गाउँपालिका–४ की सावित्रा कामीले ३५ वर्षपछि आफ्नै नाममा नागरिकता पाएकी छन् । ५६ वर्षीया सावित्राको नागरिकतामा नाम ‘कुकुर्नी कमिनी’ लेखिएको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले सावित्रालाई सोमबार नागरिकताको प्रतिलिपि प्रमाणपत्र दिएका हुन् । राज्यको कानुन र निर्देशनअनुसार नागरिकता संशोधन गराएर वितरण गरिएको पौडेलले बताए । अपमानित नामका विषयमा समाचार प्रकाशन भएपछि गृह मन्त्रालयले नाम संशोधन गर्न निर्देशनसहित सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो ।

नागरिकता पाएपछि सावित्रासँगै रहेका उनका पति हस्तराम, छोरा भविलाल र छोरीले खुसी व्यक्त गरे । ‘सबैले कुकुर्नीको परिवार भनेर अपमान गर्थे, अब त सावित्रा नामले बोलाउँछन् होला,’ हस्तरामले भने, ‘नातागोताले पनि नाक खुम्च्याउँथे, अब कसैले अपमान सहनु नपरोस् ।’ सदरमुकामदेखि ७० किमि पश्चिमको बिसौना गाउँबाट उनीहरू नागरिकता लिन सदरमुकाम आएका थिए । आइतबार आए पनि समयमा काम नसकिएपछि सोमबार दिउँसो मात्रै सावित्राले नागरिकता हात पारेकी हुन् ।

म्याग्दीको मालिका गाउँपालिका–५ अर्मनमा २०२३ सालमा जन्मेकी उनी कान सुन्दिनन् भने बोली पनि प्रस्ट छैन । कुकुर्नी नाम पाएपछि समाजमा सबैले उनलाई हेला गर्थे । पति हस्तरामले भने, ‘कुकुर्नीको परिवारभन्दा मैले मात्र हैन, छोराछोरीले पनि अपमान भोग्नुपर्‍यो ।’

छोरा भविलालले कक्षा ५ पढ्दापढ्दै विद्यालय छाडेका थिए । सबैले कुकुर्नीको छोरो भनेर जिस्क्याउँदा पढ्नै नमानेर छाडेको हस्तरामले बताए । पढाइ छाडेपछि भविलाल वैदेशिक रोजगारीमा साउदी हानिए । अहिले उनी ३० बर्षका भइसके ।

अपांगता भएकै कारण सावित्राले आफ्नो नामबारे बताउन नसक्दा घुम्ती टोलीका सदस्यले ‘कुकुर्नी कमिनी’ राखिदिएका थिए । घुम्ती टोली प्रमुख सुन्दरराज अर्यालले उक्त नागरिकतामा हस्ताक्षर गरेका छन् । नागरिकता संशोधन भएकाले अब सावित्राले मतदाता परिचयपत्र पनि संशोधन गर्न पाउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले बताए ।ekantipur बाट साभार

लोकप्रिय