ब्रेकिङ न्युज :

सरकार नेपाली नागरि के अब मर्नै पर्ने हो? नेपाली कांग्रेसका आदरणीय तिन जना नेताले किमार्थ कांग्रेसका भोटर्सको मन दुखाउने काम गर्नु हुन्न। प्रचण्ड प्रधानमन्त्री र रास्ट्रपति मा बरिस्ठ नेता राम चन्द्र पौडेल हुने प्रबल सम्भावना । मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्नेको मृत्यु भेट्टाएको तीन लाख रुपैयाँ फिर्ता राजस्व चुहावटमा संलग्न रहेको आरोपमा तीन व्यापारीविरुद्ध मुद्दा दायर काठमाडौं महानगरपालिकाले सात क्यासिनोलाई एक साताभित्र मनोरञ्जन कर तिर्न आग्रह गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु कन्चनपुरनेका विप्लव र जनमुक्ति पार्टीका केन्द्रीयस्तरका नेताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश बसमा आएका यात्रुको झोलाभित्र साढे ३९ लाख रुपैयाँ, स्रोत खुलाउन नसकेपछि हिरासतमा

शेयर बजारमा सुधार, नेप्से फेरि उकालो लाग्दै

Madhukar Pandey २८ असोज २०७७, बुधवार

बुधबार शेयर बजारमा ४ अर्ब बढीको कारोबार भएको छ भने नेप्से परिसूचक १५ सय अंकभन्दा माथि पुगेको छ। नेप्से परिसूचक २५ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय १० दशमलव ५७ अंकमा बन्द भएको छ। नेप्से ६ महिनापछि १ हजार ५ सय भन्दा माथिको अंकमा पुगेको छ। 

 

 

यसअघि नेप्से २०७६ फागुन १८ गते (मार्च १) मा १ हजार ६ सय २० अंकमा पुगेको थियो भने त्यसको दुई दिन पछि १ हजार ५ सय १ अंकमा झरेको थियो। 

त्यसयता निरन्तर गिरावट आउदा २०७७ असार १५ गते (जुन २९) मा १ हजार १ सय ७८ अंकमा झरेको थियो। त्यसयता शेयर बजार फेरी बढ्न थालेको थियो। 

लकडाउनका कारण अर्थतन्त्रमा ठूलो असर परेपनि शेयर बजारमा भने चमक देखिएको छ। यसअघि लकडाउनमा लामो समय बन्द रहेको शेयर बजार पछिल्लो पटक भने अनलाइन कारोबार सम्भव भएपछि बन्द भएको छैन। 

निषेधाज्ञामा पनि खुलेको बजारमा लगानीकर्ताको आकर्षण देखिएको छ। अहिले ब्रोकर कार्यालयमा जाने अवस्था पनि छैन त्यसैले लगानीकर्ताले अनलाइनमार्फत कारोबार गरिरहेका छन्। त्यसैको असर बुधबारको शेयर बजारमा परेको मान्न सकिन्छ। 

बुधबार १ सय ८६ कम्पनीको ४ अर्ब १८ करोड १० लाख ३६ हजार रुपैयाँ बढीको ९६ लाख ८६ हजार ९ कित्ता शेयर खरिद विक्री भएको छ। 

यो कारोबार नेप्सेको इतिहासमा एकै दिनमा भएको कारोबारलाई हेर्ने हो भने बुधबार दोस्रो ठूलो कारोबार हो। यसअघि २०७६ फागुन १५ गते ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

बजारमा कारोबार बढ्नुको कारण अर्थतन्त्रका अन्य सबै क्षेत्र बन्द रहनु पनि हो। अन्य क्षेत्रमा लगाउने पैसा शेयर बजारमा भित्रिँदा कारोबार रकम बढ्न गएको आकलन लगानीकर्ताहरुको छ। 

बुधबार जीवन बीमा र निर्जीवन बीमा समूह बाहेकका सबै समूहका सूचक बढेका छन्। सबैभन्दा धेरै अन्य समूहमा वृद्धि भएको छ भने बैंकिङ, विकास बैंक, फाइनान्स लगायतका समूहमा पनि आकर्षक वृद्धि देखिएको छ।

सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको ६७ करोड ४२ लाख रुपैयाँ बढीको भएको छ भने अन्य आठवटा कम्पनीको कारोबार पनि १० करोड रुपैयाँ भन्दा बढीको भएको छ। बुधबार १५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेप्सेमा उच्च कारोबार हुँदा परिसूचकले पनि साथ दिएको छ। तरपनि प्रभु इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मूल्य ४ प्रतिशत बढीले घटेको छ।

लोकप्रिय