ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

टिचिङ अस्पतालमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड, भने- फाइजर खोप सुरक्षित छ, ढुक्क भएर लगाऔँ

Madhukar Pandey २ मंसिर २०७८, बिहिवार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले कोभिड-१९ विरुद्धको फाइजर ढुक्कसँग लगाउन आग्रह गरेका छन्। 

त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा रहेको खोप केन्द्रको अवलोकन गर्दै मन्त्री लु ले फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन आग्रह गरेका हुन्। कोभिडबाट बच्ने खोप नै प्रभावकारी विकल्प भएकाले सबैले खोप लगाउनुपर्ने उनले बताए। आफ्नो १६ वर्षीय छोरीले समेत फाइजर खोप लगाएको मन्त्री लु ले जानकारी दिए। 

नेपालसँग आफुहरु सहकार्य र समन्वय गर्न सधै तयार रहेको मन्त्री लु ले बताए। कोभिड नियन्त्रणका लागि अमेरिकी सरकारबाट हुने सबै किसिमको सहयोग गर्न तयार भएको उनले बताए। कोभिड १९ महामारीमा खटिएका सबै स्वास्थ्यकर्मीहरुले राम्रो काम गरेको भन्दै मन्त्री लु ले धन्यवाद समेत दिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफूहरु पनि अमेरिकी सरकारसँग सहकार्य र समन्वय गर्न तयार रहेको बताएका छन्। सबै नागरिकलाई खोपको पहुँचमा ल्याउनु नै आफ्नो पहिलो प्राथमिकता भएको उनले बताए। आगामी एक महिना भित्रमा फाइजर खोपको थप ६० लाख डोज नेपाल आउने उनले बताए।

उनले भने, ‘फाइजर खोपको थप ६० लाख डोज ल्याउन सम्झौता भइसकेको छ। एक महिना भित्र यो खोपको पहिलो लट आउँछ। सबै नागरिकलाई सहज तरिकाले खोप उपलब्ध गराउने गरी काम गरिरहेका छौँ।’swasthyakhabar


 

लोकप्रिय