ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकी

Rojjan Raj Pandey १४ कार्तिक २०७८, आइतवार

मौलिक रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीले जितेका छन् ।

पोखरामा भएको प्रतियोगिताको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको जोडीलाई भोटिङमा पराजित गर्दै प्रकाश र मीनाले उपाधि जितेका हुन् ।

‘दोहोरी च्याम्पियन’ बनेका प्रकाश र मीनाले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेका छन् । दोस्रो हुने समूहले १० लाख रुपैयाँको साथमा ५० लाख रुपैयाँ बराबरको जीवन बीमा पाएका छन् ।

प्रतियोगिताको तेस्रो स्थान सविन आचार्य र रिता रावतको जोडीले हात पार्दा मिना नेपाल र राजेन्द्र पाठकले सान्त्वना पुरस्कार पाएका छन् । तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको ग्राण्ड फिनालेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभारम्भ गर्नुभएको थियो ।imagekhabar

लोकप्रिय