ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

देउडामा एक छत्र राज गरेकि गाइका रेखा जोसि।

Madhukar Pandey २० साउन २०७८, बुधवार

काठमाण्डाै- पुर्ख्यौली घर बाजुरा जिल्ला साविकको कुलदेवमाण्डौ गा.वि.स. भै कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा जन्मिएकी पछिल्लो पुस्ताले मन पराएकी चर्चित गायिका हुन रेखा जोशी ।

सानै उमेर देखि काम प्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने उदाहरण बनेकी सफल देउडा गायिका हुन रेखा जोशी । पछिल्लो समय उनले आफूलाई सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल गायिकाको रुपमा छुट् पहिचान बनाएकी छन । करिव पाँच/छ वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा रेखाले प्रवेश गरेकी हुन ।

छोटो समयमै दर्षक श्रोताको मनमा बस्न सफल गायिका जोशीका कर्णप्रिय देउडा गीतहरु निकै नै चर्चित बन्न पुगेका छन् । बिशेषतः उनी देउडा बिधामा अब्बल गायिकाको रुपमा स्थापित गायिका बन्न पुगेकी छन् । गायिका जोशीले पाँच वर्षको अवधिमा ७०० भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिई सकेकी छन् । वि.सं. २०७१ मा ‘घुटुक्क बाडुली लाग्या’ गीतबाट पहिलो पाईला टेकेकी गायिका जोशीले क्रमिक रुपमा शयौ गीतहरुमा आवाज दिई सकेकी छन ।

तीन वर्षअघि बजारमा आएको ‘मैना’ एल्बमले सुदूरपश्चिमको देउडा क्षेत्रमा उनलाई परिचित गराएको थियो । गायिका जोशी र टँक तिमल्सेनाको आवाजमा रहेको “मैना गीत युटुबमा समेत २६ लाखभन्दा बढीले अवलोकन गरेका छन । देउडाले पनि सुदूरपश्चिमलाई मुलुक भर चिनाएको छ । विदेशमा रहने नेपालीहरु देउडा गीत भन्नासाथ हुरुक्कै हुन्छन् अधिकाँश देउडा गीतहरु विदेश मै बसेका नेपाली युवाहरुले गाउने अबसर दिएको उनी बताउछिन ।

प्रदेशको पीडा, सुदूरपश्चिमको कला, संस्कृतिलाई संरक्षण एवं सम्वर्दनमा समेत देउडा गीत सहयोग बन्दै आएको र आफू यहाँका पर्यटकीय स्थलको समेत साङ्गीतिक यात्रा मार्फत प्रचार प्रसारमा जुटिरहेको उनि बताउछिन । भारतको दिल्ली, बैंग्लोर, मुम्बै देखि कतार, दुबई, कोरियासम्म देउडा गायनका क्रममा पुगेको छ । आफु अध्यायन पेषामै रहेर पनि गीत सँगीतलाई पनि सँगै लिएको र गायनबाट अध्ययनलाई प्रभावित नगरेको उनको भनाई रहेको छ ।

हाल सुदूरपश्चिम प्रदेशको लोकदोहरी प्रतिष्ठानको सदस्य समेत रहेकी गायिका जोशीले आफू स्कूले समयदेखि नै गायनमा बुबा आमासँगै लागेको बताउछिन । बुवा र आमा पनि देउडा गीत राम्रै गाउनुहुन्थ्यो । दुवै दाजुहरुले पनि गायनका क्रममा स्टुडियो पुर्याउनसम्म ठूलो सहयोग गरेको छ ।

करिब तीन वर्षसम्म गायिका जोशीले स्थानीय एफ एम रेडियोमा काम समेत गर्नुभएकी थिईन । केही वर्ष यता यहाँका हरेक साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रममा स्थान दिँदै आएकी छिन । बैँकिङ क्षेत्रमा जाने ठूलो चाहना थियो देउडा जन्म थलोको संस्कृति भएकाले पनि हामी युवा पुस्ता यसको जगेर्नामा लाग्नुपर्छ । उनको भनाई रहेको छ ।

पछिल्लो समय यहाँको देउडा गायन क्षेत्रमा निकै सक्रिय र व्यस्त रहेकी जोशीले लोप हुन लागेको देउडामा नयाँ क्रेज थपिएको छ । “युवा पुस्ता पनि देउडामा नयाँ पन ल्याउँदा झम्मिरहेको देख्छु । गायन पेषाबाटै सम्मान र दाम समेत पाएकै छु । पछिल्लो समय युवा पुस्ता माझ निकै लोकप्रिय बनेका देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) ले गायिका रेखा जोशी छोटो समयमै सफल कलाकारका रुपमा लिनुहुन्छ । देउडामा थोरै समयमा रेखाले राम्रो प्रगति गरिँन । उनलाई यहाँका अग्रजको पनि साथ र सहयोग औधी रहेको छ ।राम बहादुर दानी। साभार।

 
 
 
 

लोकप्रिय