ब्रेकिङ न्युज :

सरकार नेपाली नागरि के अब मर्नै पर्ने हो? नेपाली कांग्रेसका आदरणीय तिन जना नेताले किमार्थ कांग्रेसका भोटर्सको मन दुखाउने काम गर्नु हुन्न। प्रचण्ड प्रधानमन्त्री र रास्ट्रपति मा बरिस्ठ नेता राम चन्द्र पौडेल हुने प्रबल सम्भावना । मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्नेको मृत्यु भेट्टाएको तीन लाख रुपैयाँ फिर्ता राजस्व चुहावटमा संलग्न रहेको आरोपमा तीन व्यापारीविरुद्ध मुद्दा दायर काठमाडौं महानगरपालिकाले सात क्यासिनोलाई एक साताभित्र मनोरञ्जन कर तिर्न आग्रह गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु कन्चनपुरनेका विप्लव र जनमुक्ति पार्टीका केन्द्रीयस्तरका नेताहरुले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश बसमा आएका यात्रुको झोलाभित्र साढे ३९ लाख रुपैयाँ, स्रोत खुलाउन नसकेपछि हिरासतमा

धमाधम खुल्न थाल्यो आईपीओ

Madhukar Pandey २१ माघ २०७८, शुक्रवार

काठमाडौँ — करिब ६ महिनासम्म रोकिएको प्राथमिक सेयर (आईपीओ) शुक्रबारबाट खुल्न थालेको छ । शुक्रबारदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुलेको छ । सो कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । सोमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

कम्पनीको आईपीओमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ । एक व्यक्तिले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार २२० कित्तासम्म आवेदन दिन सकिनेछ । सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

सो कम्पनीको आईपीओ बिक्री बन्द भइसकेपछि अर्थात माघ २६ गतेदेखि इमर्जिङ नेपालको खुल्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ५ लाख ५५ हजार ६ सय कित्ता अर्थात ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्नेछ । फागुन १ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

त्यस्तै माघ २७ गतेदेखि प्रभावित स्थानीयका लागि बलेफी हाइड्रोपावरको आईपीओ खुल्ने भएको छ । स्थानीयका लागि आईपीओ खुलाइसकेपछि सर्वसाधारणका लागि कम्पनीले आईपीओ निस्कासन गर्नेछ । सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रहरु जुगल गाउँपालिका वडा नम्वर २,३ र ४ का लागि १० लाख ९६ हजार ७८२ कित्ता र प्रशारणलाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नम्वर १, ३, ६ तथा ७ र सुनकोसी गाउँपालिकाको वडा नम्वर ७ का लागि ७ लाख ३१ हजार १८८ कित्ता सेयर निस्कासन हुने छ । यो कम्पनीको आईपीओमा प्रभावित स्थानीयले फागुन १२ गतेसम्म आवेदन दिन सक्ने छन् । ३६ मेगावाट क्षमताको यस आयोजना रनअफ रिभरमा आधारित हो । कुल लागत ७ अर्ब ६५ करोड लाग्ने अनुमान छ ।

अरु ३ कम्पनीको आईपीओ पनि दुई महिनाभित्रै आउने छ । ग्रीन भेन्चर हाइड्रोपावर, नेस्डो समृद्धि लघुवित्त र राष्ट्रउत्थान सामुदायिक लघुवित्तको आईपीओ आउने छ । यी ३ कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् । ग्रीन भेन्चरले ६२ लाख ५० हजार, नेस्डोले ८ लाख २८ हजार ७५० र राष्ट्रउत्थानले ८ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको आईपीओ निष्कासन गर्नेछन् ।ekantipur

लोकप्रिय