ब्रेकिङ न्युज :

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन शेरबहादुर देउवाले पार्टीका सदस्यमा डर, त्रास र आतंक देखाएर महाधिवेशन गराउन आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप-अमरेशकुमार सिंहले घरमा रहेको बन्दुक चलाउँदा खेरि पड्केर १७ वर्षीय रोमित मल्लको मृत्यु तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ विश्वकप फुटबल : श्रमिक फर्काउन कतारको हतार भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन सिभिल सहकारी अनियमितताको धक्का सिभिल क्यापिटल र सिभिल बैंकसम्म संविधान संशोधन गरी सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध

विपक्षीसँग 'डिल' गर्न आवश्यक छैन, कूटनीति सिक्नुहोस : भारतीय नेता

Rojjan Raj Pandey १४ जेठ २०७८, शुक्रवार

सत्तारुढ दल भारतीय जनता पार्टी (वीजेपी) ले राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पठाएको पत्रबारे चासो व्यक्त गरेको छ । राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराइदिनका लागि पहल गरिदिन अनुरोध गर्दै समकक्षीलाई मंगलबार पत्राचार गरेकी थिइन् ।

वीजेपीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालको पछिल्लो राजनीतिक अवस्था, कोभिड-१९ नियन्त्रण र राष्ट्रपति तहको पत्राचारबारे भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँग छलफल गरेका थिए । बिहीबार अपरान्ह नेपाली दूतावासमा झण्डै एक घन्टा बिताएका चौथाईले नेपालको राजनीतिक अवस्थासँगै अहिलेको महामारी र त्यसको नियन्त्रणमा भएको विषयमा चासोमात्र राखेनन्,  राष्ट्रपतिको तहबाट पत्राचार हुनुको सन्देश के हो भनेर जिज्ञासा राखेको दूतावासका एक अधिकारीले जानकारी दिए । 

 

 

राजदूत आचार्यसँग खोप र अक्सिजनलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीको आपूर्ति विषयमा छलफल गरेको दूतावासले औपचारिक जानकारी बाहिर ल्याए पनि चौथाईवाले खासगरी राष्ट्रपतिको पत्र र नेपालको राजनीतिबारे छलफल गर्न दूतावास आएका थिए । उनले राष्ट्रपति तहबाट भएको पत्राचारको विषयलाई सत्तारुढ दलले गम्भीर रूपमा लिएको र कार्यकारी प्रमुख तहमा हुनुपर्ने काममाथि किन भयो भन्दै जिज्ञासा राखेका थिए । 

उनले के चीनबाट नेपाल खोप आउने भएपछि यो तहको राजनीति भएको हो भन्दै गम्भीर आपत्ति जनाएको पनि स्रोतले बतायो । नेपालले साच्चै अब राष्ट्रपति तहमा नै छलफल र पत्राचार गर्ने हाे भन्दै उनले कूटनीतिक ठट्टासमेत गरेका  थिए ।  कि अहिलेको प्रधानमन्त्रीले गफ गर्ने कानुनी आधार नभएर त्यस्तो पत्राचार भएको हो भनेर भरतीय नेताले साेधेकाे पनि दूतावास अधिकारीले जानकारी  दिए । चाैथाईवालाले नै यसअघि पनि अक्सिजन माग गर्दा प्रधानमन्त्री र राष्ट्रपति दुवैले पत्राचार गरेकाे स्मरणसमेत गरेकाे अधिकारीले बताए ।

नेपालको समस्यामा भारत सहयोग गर्न सधै तयार रहेको बताउँदै चौथाईवालेले कोभिड महामारी नियन्त्रणका लागि नेपालले भारतबाट कस्तो सहयोग चाहेको हो त्यो स्पष्ट राख्‍नसमेत आग्रह गरेका थिए । राजदूत आचार्यले भारतीय विपक्षी दल कांग्रेससँग पनि छलफल गरेको र सरकारले खोप उपलब्ध गराए आफूले विरोध नगर्ने भनेको चौथाईवालालाई सुनाएपछि यस्तो कुरा नगर्नु सरकारसँग सिधा कार्यकारी तहमा नै 'डिल' गर्नु भन्दै सुझाएको पनि एक अधिकारीले प्रष्ट पारे ।  

यद्यपि राजदूत आचार्यले भने कोभिड महामारीको विषयमा नेपाललाई आवश्यक पर्ने खोप र अन्य सामग्रीको बारेमा छलफल भएको बताए । भारतको सिरम इन्स्टिच्युटले आपूर्ति गर्न बाँकी दश लाख खोप ढिलाई नगर्न राजदूतले आग्रह गरेका थिए । त्यो विषय राष्ट्रपतिको तहमा समेत पत्राचार भएको छ । 

नेपाल सरकारले सिरमलाई २० लाख डोज खोपको अग्रिम भुक्तानी गरे पनि हालसम्म १० लाख डोज मात्र आपूर्ति गरेको छ । खोप आउने ढुक्क भएर पहिलो डोज लगाएका जेष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् । उनीहरू प्रति भारत विरोधी भावना स्वभाविक रूपमा बढ्ने कार्य भारतीय पक्ष स्वयंले गरेको धारणा नेपाली कूटनीतिज्ञहरूले बारम्बार उठाउँदै आए पनि त्यसमा भारतले नै बेवास्ता गरेको हो । 

खोप कार्यक्रम नै प्रभावित भएको अवस्थामा भारतले खोप नदिएर आम नेपालीको मन कुड्याउने काम गरेको अवस्थामा यो भेट भएको हो ।  चौथाईवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहका विश्‍वासपात्र मध्येका एक हुन । उनको भेटवार्तामा राजनीतिक विषयमा छलफल नभएको भनिए पनि त्यो असम्भव रहेको एक अर्का अधिकारीले बताए ।

अन्तराष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाको पहलमा भेटवार्ता भएको थियो । उनी पनि भेटमा सहभागी थिए । चौथाईवालेलाई उनले नै दूतावास लिएर आएको दूतावास स्रोतले बतायो । यद्यपि उनले नेपालको राजनीतिक घटनाक्रमाबारे नेपालको आन्तरिक मामिला भनेका छन् ।

जुन भारतीय विदेश मन्त्रालयले बुधबार त्यही भनेको थियो । नेपालको घटनाक्रमलाई भारतले नजिकबाट नियालेको पनि उनले बताएका छन् । राजनीतिक घटनाक्रमबारे चोथाईवालेको धारणा पनि भारतीय विदेश मन्त्रालयको जस्तै रहेको राजदूत आचार्यले स्पष्ट पारेका थिए । 

चौथाईवाले कोभिडकै समय अर्थात गत मंसिरमा काठमाडौँमा राजनीतिक भेटघाट गरेका थिए । हुन त त्यसअघि नै भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्त गोयल नै काठमाडौँ आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मध्येरातसम्म लामो वार्ता गरेर फर्केका थिए । त्यसलाई सामान्यीकरण गर्न चौथाईवाले नेपाल आएका थिए । ekagaj

लोकप्रिय