ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

विदेशमा लगानी गर्नु बाध्यता हो ।

Rojjan Raj Pandey १८ असोज २०७८, सोमवार

विदेशमा लगानी गर्नु बाध्यता हो । शुभकामना दिनु पर्छ हामी जनताले त। 

१. नेपालमा ब्यापार बिजनेस गर्ने वातावरण नभए पछि विदेशमा लगानी गर्नु बाध्यता हो । सकारात्मक रूपमा लिनु पर्छ । 

२. नेपालमा रहेका प्रत्येक कल कारखानामा पार्टिका युनियन खोलेर, व्यापार चौपट गरिदिने गरिएको मात्र होइन, प्रशासनको तर्फबाट समेत अनेक झन्झट दिए पछि विदेशमा लागानी गर्नु बाध्यता हो । 

३.  त्यही भएर तलका सोरह जना ठूला व्यवसायीहरुले विदेशमा भए पनि आफ्नो व्यापार गर्ने जमर्को गर्नु भएको रहेछ । राम्रो लाग्यो । 

४.  उहाँलाई अझ धेरै प्रगति गर्नुहोस् भनी शुभकामना दिन चाहन्छु, म एक सामान्य नागरिकको तर्फबाट ।  सबैले प्रोत्साहन गर्नु पर्ने हुन्छ । 

५. बरु विदेशमा लगानी गरेको ठाउँमा, काबिल नेपाली युवाहरुलाई पनि लगेर रोजगारी दिनु भयो भने सुनमा सुगन्ध हुने थियो । यसै गरौँ न कृपया । 

६. कसैले "कालो धन" वा "सेतो धन" पनि भन्ने गर्छन् । धन कालो सेतो हुँदैन । बरु विद्यमान "नियम कानुन कालो वा सेतो" हुन्छ । कालो  कानुन बदल्नु पर्ने हुन्छ, सही सम्बोधन गर्नको लागि । 

७. कानुन बदलौं, उहाँहरुलाई नेपाल मै लगानी गर्ने ढोका खोलौ । यसो गरे झन् राम्रो हुँदैन र देशका शासक तथा प्रशासकहरू ज्यू ? 

नाम जस्ताको त्यस्तै सामाजिक सञ्जाल बाट: 

१. विनोद चौधरी 
२. सारिका चौधरी 
३. निर्वाण चौधरी
४. वरुण चौधरी
५. राहुल चौधरी 
६. लोकमन्य गोल्छा
७.चन्द्रकुमार गोल्छा
८. हितेष गोल्छा
९. अजयराज सुमार्गी 
१०. अरुण शर्मा 
११. किशोर राना
१२. राजेन्द्र शाक्य 
१३. सुहृदराज घिमिरे 
१४. पुरुषोत्तम पौडेल 
१५. सुधिर मित्तल
१६. राधेश्याम सर्‍राफ
आफ्नो व्यापार बिजनेस सुचारु गरिराख्न सक्नु भएकोमा पुन: बधाई तथा शुभकामना छ ।

अस्तु । 
ए पोख्रेल ।

लोकप्रिय