ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

यसकारण एकै पटक ५ कम्पनीको सेयर कारोबार रोक्का

Rojjan Raj Pandey ५ पुष २०७७, आइतवार

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले सूचीकरण विनयमावली बमोजिम वार्षिक नवीकरण शुल्क नबुझाएका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार रोक्का भएको छ ।

प्सेका सीइओ चन्द्रसिंह साउदका अनुसार सूचीकृत कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले वार्षिक नवीकरण शुल्क बुझाउन ढिला गरेका कारण कारोबार रोक्का गरेको जानकारी दिएका छन् । मल्टीपर्पोज फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर,जोशी हाइड्रोपावर,नेपाल हाइड्रो डेभलपर,हिमालय डिष्टीलरी गरी ५ कम्पनीको आज सेयर कारोबार रोक्का भएको हो ।

नेप्सेका अनुसार सूचीकृत कम्पनीहरु मध्ये २५ कम्पनीहरुले वार्षिक नवीकरण शुल्क बुझाएका छैनन् । अन्य कम्पनीहरु समस्याग्रस्त घोषणा भएको तर हाल दोस्रो बजारमा सक्रिय कारोबार भएका ५ कम्पनीले नवीकरण शुल्क बुझाउन असमर्थ रहेकाले नवीकरण शुल्क भुक्तान नगरेसम्मका लागि उक्त ५ कम्पनीको सेयर कारोबार रोक्का  भएको नेप्सेले जनाएको छ ।

लोकप्रिय