ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

हाम्रो धर्म संस्कृतिको निर्माण वा विनिर्माण हाम्रै जिम्मा

Madhukar Pandey १७ असोज २०७८, आइतवार

धर्म संस्कृतिको निर्माणको जिम्मा हाम्रै हो । ढुक्क हुनुहोस् ।

१. मानिसको आस्था र विश्वासको सम्मान सबैले सबै ठाउँमा गर्नुपर्छ ।

२. धर्म, संस्कृति, रीति रिवाज, चाल चलन सम्पूर्ण कुराहरु हामीसँग हाम्रै नेपाली भूमिमा यथेष्ट मात्रामा उपलब्ध छन् । अरूले सिकाउनु वा बोकाउन खोज्नु आवश्यक छैन ।

३. यतिसम्म की, हामीले अन्तरदेशीय पाहुनाहरुसंग देखाउनु पर्ने न्यूनतम देखि उच्चतम मापदण्ड समेत, सयौ वर्ष अगाडि देखि नै निश्चित तथा पूर्णता गरिएको रहेछ !

४. कुन चाड पर्वमा हामीले के के गर्न हुने वा नहुने, कुन समय परिस्थिति अनुसार लागू गर्ने वा नगर्ने भन्ने कुरा स्वयम् हाम्रै मूल ग्रन्थहरुमा तय गरिएको छ । यो कुरामा, हामीलाई अरु बाहिरिया कसैले जबर्जस्ती महाज्ञानी बनेर छद्मरुपी भेषमा सिकाउनु आवश्यक छैन ।

५. हामीसँग भएका सम्पूर्ण यो प्रकारका मौलिक मूल्य, मान्यता, आध्यात्मिक तथा उच्च तहको अलौकिक ज्ञानको भण्डारण हाम्रा पुर्खाको देन हो ।

त्यसको संरक्षण तथा परिष्कृत गर्नु, गराउनु वा यथावत राख्नु नयाँ पुस्ताको दायित्व हो । यसरी हाम्रो धर्म संस्कृतिको निर्माण वा विनिर्माण हाम्रै जिम्मा हो । अरूलाई किन चासो ?

अस्तु । ए. पोख्रेल ।

लोकप्रिय