ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी -राजेन्द्र लिङ्देन

Madhukar Pandey २० मंसिर २०७८, सोमवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई विगतमा जस्तो सुस्त र निष्क्रिय बनाउन आफूले धान्न नसक्ने बताउनुभएको छ । पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएपछि बैठकलाई सम्बोधन गर्दै लिङ्देनले आफ्नो नेतृत्वमा पार्टीलाई फरक ढंगले अगाडि बढाउने दाबी गरे ।

पार्टीका कार्यकर्तालाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो नेतृत्वलाई तुलना गर्ने मौका कसैलाई नदिने बताए । यो पार्टीको एकता महाधिवेशन अन्तर्गतको आन्तरिक निर्वाचन मात्रै भएकाले सडकमा विजयको खुसीयाली मनाउनु, माला र ‘खटा’ले सम्मान गर्ने, नारा लगाउनु अनावश्यक भएको पनि उनले बताए ।

लोकप्रिय