ब्रेकिङ न्युज :

काठमाडौं महानगरपालिका (केएमसी)ले आजदेखि क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दै सेक्युरिटी प्रिन्टिङ सेन्टरका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका छन् १७ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ । म साँचै ऋणी छु प्रकृतिको, म साँचै आभारी छु प्रकृतिको, हामी एसएसलीको एउटै व्याची । पैला देश बचाउ अनि राजनीति र बिकास गरौला। पैला आफु सुद्व भएर राजनीति मा लाग्नु पर्यो। नेपालमा राजनीति मतभेद र इर्स्याकै कारण जनता असफल भएका हुन। आर्थिक विकासको जग हालेका रामशरणका भाइ प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’ पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन्

इन्टरनेट बिनै पढ्न मिल्ने उपयोगी मोबाइल एप

Madhukar Pandey १२ भदौ २०७८, शनिवार

 कोभिड-१९ का कारण विगत दुई वर्षदेखि विद्यालय शिक्षा निकै प्रभावित बनेकाे छ । विद्यालय कहिले खुल्ने, कहिले बन्द हुने, कहिले अनलाइन क्लास हुने त कहिले पुरै पठनपाठन नै बन्द हुने भइरहेको छ ।

यसरी अव्यवस्थित शिक्षा प्रणाली र विश्वव्यापी महामारीको चपेटामा विद्यार्थीहरु नराम्ररी फसेका छन् । शिक्षा क्षेत्रमा यस्तो चुनाैती निरन्तर देखिँदा आउने पुस्ताको भविष्य कस्तो होला त ?

हुन त सरकारले शैक्षिक सत्रलाई प्रभावित हुन नदिन वैकल्पिक सिकाइका माध्यबाट पढाइ सञ्चालन गर्न अनुमति दिएकाे छ ।

यसको अर्थ अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट सञ्चालन हुने कक्षालाई नै सरकारले मान्यता दिन थालेकाे छ । जसकाे प्रतिफल नेपालमा विभिन्न विश्वविद्यालय, क्याम्पस तथा विद्यालयमा डिजिटल तथा अनलाइन शिक्षाको अभ्यास बढिरहेको छ ।

अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न प्रविधि स्वदेशकै कम्पनीहरुले विकास गर्न थालेका छन् । शैक्षिक संस्थाले पनि त्यस्ता प्रविधिको प्रयोगमा ल्याउन थालेका छन् ।

तर, त्यसरी प्रयाेगमा आएका धेरैजसाे प्रविधि अनलाइन अर्थात इन्टरनेटमा आधारित छन्, जुन नेपालकाे परिवेश सुहाउँदाे नभएकाे तर्क गर्न थालिएकाे छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेकाे जेठ महिनाकाे प्रतिवेदनअनुसार देशमा हाल कुल जनसंख्याकाे ९१ प्रतिशतमा इन्टरनेट पुगिसकेकाे छ ।

तथ्याङ्कले इन्टरनेट पहुँच बढेकाे देखाएता पनि अझै पनि देशका आधाभन्दा बढी शैक्षिक संस्था अनलाइन कक्षाका लागि तयार छैनन् । उनीहरू आवश्यक गुणस्तरकाे इन्टरनेटभन्दा बाहिरै छन् ।

यस्तो अवस्थामा अनलाइन कक्षा सोचेजस्ताे प्रभावकारी हुन सकेकाे छैन । अर्कोतर्फ अनलाइन कक्षाकाे लागि आवश्यक पूर्वाधार (ल्यापटप, मोबाइल) पनि सबैको पहुँचमा छैन ।

इन्टरनेट र पूर्वधारकाे उपलब्धता हुनु त परको कुरा, अनलाइन कक्षा सञ्चालनका लागि प्रविधिसँग अभ्यस्त शिक्षकहरुको कमी छ ।

पुरानो शिक्षा प्रणालीबाट अचानक यसरी नयाँ प्रविधिसँग घुलमिल हुन शिक्षक आफैं सकिरहेका छैनन् ।  यसरी शिक्षक नै पोख्त नभई दिइएको शिक्षाबाट कस्तो उपलब्धिको अपेक्षा गर्ने सकिएला ? प्रश्न सोचनीय छ ।

समय अनुसारको प्रविधिअनुकूल शैक्षिक तालिम र नीतिगत व्यवस्था गर्न नसक्नुले नेपालको शैक्षिकस्तर खस्केको छ । यसरी आउने विपद्हरुबाट निम्तिने नोक्सानी र घाटाको जिम्मा कसैले लिएको अवस्था छैन । नोक्सानीको भागिदार भने लगातार विद्यार्थी र अभिभावक नै बनेका छन् ।

अहिलेको अवस्थामा देखिएका समस्याभन्दा यसको परिणामले निम्त्याउन सक्ने क्षति अस्वभाविक हुने देखिन्छ । यस्ताेमा सरकारको गतिविधिलाई हेर्दा पहल नै नभएको भने होइन ।

तर उपयुक्त प्रयास चाहिँ नभएकै देखिन्छ । विद्यार्थीहरुको शैक्षिक अभिवृद्दिका लागि रेडियो तथा टेलिभिजनबाट कक्षा सञ्चालन पनि गरियो । तर, त्याे पनि प्रभावकारी भएकाे छैन ।

त्यसो त समस्या आउँदा समाधानको उपाय पनि सँगै लिएर आउँछ भनिन्छ । यस पटकको महामारीले धेरै कुरा सिकाएको छ । धेरै काममा नँया प्रविधिकाे प्रयाेग हुन थालेकाे छ ।

ग्रामीण भेगहरुमा इन्टरनेटको राम्रो पहुँच नभएकाले सरकार र निजी क्षेत्रको समन्वयमा विद्यार्थीहरुलाई अफलाइन क्लास उपलब्ध गराउने प्रयास भइरहेको छ । अफलाइन कक्षा कम खर्चिलो हुनुका साथै थप प्रभावकारी हुने देखिन्छ ।

गण्डकी प्रदेशले ग्रामीण भेगको शैक्षिक प्रणालीमा उदाहरणीय कदम चालेको छ । गत शनिवार गण्डकी प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले बालबालिकाका लागि अनलाइन/अफलाइनमा आधारित वैकल्पिक सिकाइ सामग्रीको परीक्षण (अफलाइन मोबाइल एपका माध्यमबाट कक्षा सञ्चालनका लागि डेमो प्रस्तुति) तथा उद्घाटन गरेको छ ।

स्याङ्जाकाे भीरकोट नगरपालिका २ स्थित दहथुम माध्यमिक विद्यालयबाट याे अफलाइन एपको डेमो परीक्षण गरिएको हाे । परीक्षण प्रभाकारी भएमा गण्डकी प्रदेशका एक हजार ४ सय ४८ वटा विद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका करिब ३ लाख ६५ हजार विद्यार्थी लाभान्वित भएको आंकलन प्रदेश मन्त्रालयको छ। 

कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले अब मोबाइलबाटै भिडिओसहित सबै विषयमा अफलाइन कक्षा लिन सक्नेछन् । अफलाइन एप डाउनलोड गरेपछि विद्यार्थीले आफूले चाहेको विषयमा अध्ययन गर्न पाउँछन् ।

कोभिड-१९ को असरका कारण विद्यालयमा उपस्थित भई पठनपाठन गर्न नपाएपछि वैकल्पिक शिक्षाका लागि संघ, प्रदेश र स्थानीय सरकारले सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई प्राथमिकता दिँदै आएका छन् ।

प्रदेश सरकारले ‘पीडी स्मार्ट एजुकेसन’ नामक संस्थाको समन्वयमा ‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ नामक एपको प्रयोग गरी अफलाइन कक्षा सञ्चालन गरेको हो ।

संस्थाका सीईओ गणेश जोशीले नेपाल सरकारको नँया पाठ्यक्रमअनुसार स्वीकृति लिएर पठन सामग्री निर्माण गरिएको जनाए ।

‘पीडी स्मार्ट एजुकेसन’ले ‘इजी लर्निङ’को अवधारणा अनुसार विगत तीन वर्षदेखि प्रयास गरिरहेको छ । सुरुवाती दिनमा यसको माग खासै नदेखिएको भएपनि निषेधाज्ञा वा लकडाउनका बेला लोकप्रियता बढिरहेको छ ।

६ देखि १२ कक्षासम्मका विद्यार्थीहरुका लागि लक्षित गरी बनाइएको एपमा पाठ्यक्रममा आधारित डकुमेन्ट्रीहरु उपलब्ध छन् । सबै भिडिओ डकुमेन्ट्रीहरु विषय विशेषज्ञद्वारा निर्माण गरिएको छ । जसले गर्दा सिकाइ स्तरीय र प्रभावकारी हुने देखिन्छ ।

अनलाइन क्लास नहुँदा पनि यसलाई विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । यस एपमा अन्य विषय र पाठ्यक्रमका शैक्षिक सामग्रीहरु पनि उपलब्ध छन् ।

‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ एपको प्रयोग गर्न एक पटक मात्र इन्टरनेटको जरुरत पर्दछ । संस्थाले एप डाउनलोड गर्दा मोबाइलमा एप सेटअपका लागि सिरियल की उपलब्ध गराउँछ ।

एकपटक एप सेटअप भइसकेपछि एक वर्षसम्म चलाउन मिल्छ । विद्यार्थीहरुले एपमा आफूले चाहेको विषय छानेर पढ्न सक्छन् । सिकाइको क्रममा द्विविधा भए उनीहरुले कमेन्ट गर्न मिल्ने व्यवस्था गरिएको छ । ‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ एप गुगल प्ले स्टोरबाट मोबाइलमा सजिलै डाउनलोड गर्न सकिन्छ ।

सरकारको सहयाेग भएमा ‘स्मार्ट एजुकेसनले’ एक महिनाभित्रै देशभर सेवा उपलब्ध गराउन सक्ने संस्थाका सीईओ जोशीको भनाइ छ । यसअघि ‘स्मार्ट एजुकेसनले निजी शैक्षिक संस्थाहरुसँग पनि समन्वय गरिसकेको छ । techpana

लोकप्रिय